कुमोद अधिकारी विराटनगर
१२ साउन,
कृषि ज्ञानकेन्द्र मोरङले हाइव्रिड मकै खेती क्षेत्रफल विस्तार कार्यक्रम अन्र्तगत किसानलाई अनुदान रकम वितरण गरेको छ ।
कार्यक्रम अन्र्तगत हाईव्रिड मकै खेतीगर्ने किसानलाई अनुदान रकम वितरण गरेको हो । उत्तपादन वढाउन तथा मकैखेतीको क्षेत्रफल विस्तारका लागि कार्यक्रम संचालनमा ल्याइएको हो ।
किसानले प्रति हेक्टर १५ हजार तथा प्रतिकठा पाच सय रुपैयाका दरले अनुदान रकम पाएका छन । कार्यक्रम अन्र्तगत १ सय ४१ जना अनुदानग्रहि किसान छनौट भएका थिए । त्यसमध्ये कृषक समुह, सहकारी २६ तथा व्येक्तिगत कृषक तथा कृषिफर्मको शख्या १ सय १५ रहेको छ ।
चारसय हेक्टर क्षेत्रफलमा अनुदान कार्यक्रम संचालन लक्ष्य रहेकोमा कतिपय कसान समुह सहकारी सम्झौतागर्न नआएपछि ३ सय ७० दशमलव ३ हेक्टर क्षेत्रफलमा यो कार्यक्रम संचालनमा आएको र कार्यक्रमको खर्च वजेट ५५ लाख ५० हजार रुपैया रहेको कृषि ज्ञानकेन्द्रका प्रमुख रामदेव सिंहले वताउनुभयो ।
कार्यक्रम वारे किसानलाई जनाकारी गराउन ज्ञानकेन्द्रले सुचना निकालेको थियो । वर्डा कार्यालयका सिफारिसको आधारमा किसानले आवश्यक कागजातका साथ ज्ञानकेन्द्रमा अनुदानको रकमका लागि र्फम भरेका थिए । किसानको खेतमा पुगरे ज्ञानकेन्द्रले मैकै खेती अनुगमन गरेको थियो । त्यसपछि आवश्यक मापदण्ड अनुसार समितिले अनुदानका लागि किसान छनौट गरेका थिए ।

वर्डा कार्यालयका सिफारिस तथा ज्ञानकेन्द्रको पटकपटकको अनुगमनका कारण वास्तविक किसानले अनुदान पाएको कार्यालय प्रमुख सिंहको भनाई छ ।
यसै क्रममा रंगेली नगरपालिका–३ रन्जनीमा रहेको चामुण्डा कृषि सहकारीमा आवद्ध किसानलाई ज्ञानकेन्द्रका प्रमुख सिंह तथा सो वर्डाका वर्डा अध्यक्ष भरत प्रसाईले अनुदान रकम वितरण गर्नु भयो ।
संस्थामा आवद्ध सामुहिक रुपमा मकै खेतीगर्दै आएका किसानलाई रकम वितरण गरिएको उक्त सहकारीका अध्यक्ष नेत्रप्रसाद वरालले वताउनुभयो । सहकारीले ७० विघा क्षेत्रफलमा मकैखेती लगाएपनि २४ विघाको मात्र अनुदान स्वइकृत भएको र संस्थामा आवद्ध किसानलाई २ लाख ४० हजार रकम वितरण गरिएको उहाको भनाई छ ।
मंसिर तथा पुष महिनामा लगाई हाइव्रिढ मकैखेती वैसाख, जेठमा उत्तपादन भएको थियो । ज्ञानकेन्द्रले मकै खेती विस्तार कार्यक्रम संचालनमा गरेपछि मकै खेतीको क्षेत्रफल समेत विस्तार भएको छ । जिल्लामा गत आर्थिकवर्ष साढे २२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती लगाइएको थियो ।