सरकाले जनताको मन जित्नेगरि काम गर्नुपर्छ महामन्त्री थापा

कुमोद अधिकारी विराटनगर
,२५ जेठ विहिवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान गठबन्धन सरकारले जनताको मन जित्नेगरि काम गर्नुपर्ने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अहिले जनतामा निराशा छाएकाले कामको अनुभुतिहुनेगरि सरकार संचालन हुनुपर्ने वताउनुभयो ।
महामन्त्री थापाले नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी भएकोले वर्तमान गठबन्धन बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचिएको प्रष्ट पार्नु भयो । उहाले गठवन्धनको वर्तमान सरकार निरन्तर रहि रहने प्रष्ट पार्नुभयो ।
उहाँले कोशी प्रदेशमा गठबन्धनका दलहरुका निर्णयहरु स्प्रिटका आधारमा कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त्त गर्दै प्रदेशमा वर्तमान राजनैतिक घटनाक्रमको विकासले ठोस निर्णय हुने विश्वास व्यक्त्त गर्नु भयो ।


एक प्रश्नमा उहाले ‘लिम्पियाधुरा र लिपुलेक माथि नेपालको हक अधिकार छ र कसैले यसलाई खासेर लान सक्दैन र लान पनि दिइन्न भन्दै नेपालले यसको विकल्पमा अरु केही सोच्न नसक्ने वताउनुभयो । उहाँले भन्नु भयो – ‘कुनै देशमो आफ्नो सांस्कृतिक नक्सा राख्ने अधिकार राख्छ भने त्यस्तो अधिकार हाम्रो देस नेपाललाई समेत रहेको छ’ ।
महामन्त्री थापाले पार्टीभित्र परिवर्तनको चाहनालाई अभिव्यक्ति गर्ने मुख्य थलो आगामी भदौमा हुने नीति अधिवेशन भएको बताउँदै यसले पार्टीका केही निर्णयहरुको वारेमा पुनः विचार गर्ने र पार्टीलाई ठिक ठाउँमा उभ्याउने वताउनुभयो ।
पछिल्लो समय पार्टीप्रती युवापुस्तामा नैरश्यता छाएकाले पार्टीमा रुपान्तर आवश्यक रहेको उहाको भनाई थियो । उहाले संगठनलाई वालियो वनाउन आफु तल्लोतहमा रहेका कार्यकर्ता विच जाने समेत वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *