कुमोद अधिकारी
मोरङ,२५ वैशाख(
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मोरङ जिल्लाको हुलाकी सडकको निर्माण कार्य पुनः शुरुगर्ने निमार्ण व्यवसायीहरुले प्रतिवद्धता जनाएका छन ।
जिल्ला प्रशासन कार्यालय मोरङमा आज भएको छलफल कार्यक्रममा मोरङको हुलाकी सडकको बाँकी खण्ड १८ किलोमिटर सडकमा वैसाख २८ गतेवाट शुरुगर्न लागेको निमार्ण व्यवसायीहरुले जनाएका छन ।
विरानगर–रंगेली–आमवारी हुलाकी सडक निमार्णको काम पटकपटक अवरुद्ध हुदा आवत जावतमा सर्वसाधारणले सास्ती व्योर्हदै आएका छन । ठेकेदार कम्पनीहरुले पहिलेको कालोपत्रे अवस्थामा रहेको सडक वनाउने नाममा अहिले सडक भत्काएपछि सवै सडक द्युलाम्मे भएका छन । जसका कारण सर्वसाधारणलाई आवत जावतमा निकै समस्या हुने गरेको छ । सडक भत्कदा उपचारका लागि विराटनगर आउने विरामी तथा वृद्धवृद्धाहरु मारमा परेका छन ।
सडक निमार्णको काम रोकिएपछि त्यसलाई सुचारुगर्न जिल्ला प्रसासन कार्यालय मोरङले छलफल कार्यक्रमको आयोजना गरेको हो ।
मोरङको बेतौनादेखि नयाँ वजार छाला कारखानासम्मको १२ किलोमिटर सडक निमार्णको जिम्मा गजुरमुखी कन्सट्रक्सनले पाएको छ । लामोसमयदेखी भत्केको अवस्थामा रहेको उक्त सडक द्रुत रुपमा निर्माण शुरु गर्ने कन्सट्रक्शनका प्रमुख सन्तोष गौतमले जनाउनु भयो ।
यस्तै छाला कारखानादेखि विराटनगरको सिंगिया खोलासम्म ६ किलोमिटर सडक निर्माणको जिम्म श्रेष्ठ कन्ट्रक्सनले पाएको छ । सडक निमार्णमा अव कुनै ढिलाई नहुने श्रेष्ठ कन्ट्रक्शनका शुभाष श्रेष्ठले जानकारी दिनु भयो ।
यस्तै छलफल कार्यक्रमा पूर्वपश्चिम राजमार्गको पथरीदेखि रंगेलीको भारतीय सीमासम्मका ३० किलोमिटर लिङ्क सडकमा निर्माण कुनै किसिमको ढिलाई नगर्ने कान्छाराम कन्ट्रक्शनका प्रतिनिधि दिपक थिङ्गले बताउनु भयो ।
हुलाकी सडक कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले निर्माण कम्पनीहरुले कामको विल पेश गरेकाको आधारमा रकम भुक्तानीको कुनै समस्या नरहेको जानकारी दिनु भयो । सडक निमार्णका लागि पटकपटक आग्रहगर्दापनि निमार्ण कम्पनीहरुले आलटालगर्ने गरेको उहाको भनाई छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हुलाकी सडक निर्माण रोकिएका कारण जनताले धेरै दुःख एवं सास्ती भोग्नु परेकोले अविलम्व निर्माण शुरु गर्न निर्देशन दिनु भयो ।
सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललले निर्माणको गुणस्तरीय मूल्याङकन समीक्षा बैठकमा गरिन भएकाले सोही अनुसार कार्य गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा रंगेली , रतुवामाई नगरपालिका, कानेपोखरी, सुनिवर्षी ,कटहरी, धनपालथान प्रमुखहरु क्रमशःदिलिपकुमार अग्रवाल,नागेश्वर प्रसाद सिंह,राजमती इङ्गनाम,श्यामप्रसाद राजवंशी,देवराज चौधरी,जिवछप्रसाद गच्छदारले तोकिएको समयमा निर्माण कार्य शुरु गर्न आग्रह गर्दै त्यसो नभए जनता संगै आन्दोलनमा उत्रने चेतावनी दिनु भयो ।
कार्यक्रमा सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साह,जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, हुलाकी सडक आयोजनाका कर्मचारीहरु एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।