माघ २७ शुक्रवार
हुलाकी राजमार्ग अन्तर्गत गान्धी–मनमोहन मार्गको निमार्णको कामले गति लिन थालेको छ । मोरङको रंगेली स्थित नेपाल भारतको सिमानादेखी पुर्व पश्चिम राजमार्गको पथरी वजारलाई जोडने उक्त सडकको दुइवटा प्याकेजमा काम भइरहेको छ ।
रंगेली, सुनवर्सी तथा पथरी शनिश्चरे नगरपालिकालाई जोडने सडकको दुइवटै प्याकेजको अहिले सम्मको भौतिक प्रगती ५० प्रतिशत रहेको हुलाकी राजमार्ग योजना कार्यालयका इटहरीका इन्जिनियर प्रमोद खतिवडाले वताउनुभयो । ३० किलोमिटर लामो उक्त सडक २०८० साल कार्तिक महिना सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
वजार क्षेत्रमा केहि घरहरु परेकाले काममा केहि समस्या भएको इन्जिनियर खतिवडाको भनाई छ । नेपाल भारत जोडने उक्त सडक आर्थिक तथा सामाजिक दिष्टिकोणले निकै महत्वपुर्ण मानिन्छ ।

सडक वनेपछि दुवै देशका मानिसलाई आवत जावतमा सहज हुने भएकाले काम चाडै सम्पन्न हुनुपर्ने स्थानिय कृतानन्दा यादवको भनाई छ । उक्त सडक समयमा नवन्दा यसक्षेत्रका वजारमा चहलपहल घटेर वजार सुकेको भन्नुहुदै उहाले वाटो वनेपछि नेपाल भारतको सोझै सम्पर्कहुदा आर्थिक गतिविधी वढने वजारहरु समेत विस्तार हुने उल्लेख गर्नुभयो ।
२०७६ साल कार्तिकमा ठेक्का सम्झौता भएको उक्त गान्धी मनमोहन मार्गको निमार्ण लागत १ अर्व ५८ करोड रहेको ठेक्का सम्झौतामा उल्लेख छ । ठेक्का सम्झौता अनुसार सडकको काम सम्पन्न नभएपछि एकवर्ष म्याद थप गरिएको आयोजनाले जनाएको छ । उक्त सडकको निमार्णको ठेक्का कान्छाराम कन्ट्रक्सनले लिएको छ । सढक निमार्ण शुरु भएपनि कामले गति लिन नसकेको अर्का स्थानिय वेदमणी घिमिरेको भनाई छ । आज वन्ला भोली वन्ला भन्दै वर्षौ विति सक्दापनि सडकले पुर्णता पाउन नसेको घिमिरेको गुनासो छ ।