जग्गाको वर्गिकरण शुरुगर्दै नगरपालिका

माघ २७ शुक्रवार
रंगेली नगरपालिकामा जग्गाको वर्गिकरण शुरु हुने भएको छ । लामो समयदेखी जग्गाको वर्गिकरण नहुदा सो पालिकामा कित्ता काट नहुदा जग्गाको खरिद विक्रि रोकिदै आएपछि पालिकाले जग्गाको वर्गिकरण गर्न लागेको हो ।
भुउपयोग नियमावली अनुसार आवश्यकताको आधारमा जग्गा वर्गिकरण गर्न लागिएको नगरपालिकाका प्रमुख दिलीप वगडियाले वताउनुभयो । कृषी , गैर कृषी , आवाशिय, व्यवसायीक, पोखरी सिमसार तथा पुरातत्विक महत्वका क्षेत्रलाई आधार मानेर जग्गा वर्गिकरण गर्न लागिएको हो ।


आवाशिय क्षेत्र अन्तर्गत हुलाकी सडक , सहायक लोकमार्ग प्रादेसिक तथा एडीवीले निमार्ण गरेका सडकका मापदण्ड तथा सडकको अधिकार क्षेत्र वाहेकका स्थान निर्धारण गरिने जनाइएको छ ।
यसैगरि कृषि तथा औधोगिक क्षेत्रका लागी आवश्यकता अनुसार जग्गा वर्गिकरण गरिने तयारीमा नगरपालिका रहेको छ । जथाभावी गरिने कित्ताकाटका कारण खेती योग्य जमिन मासिने क्रम वढेपछि खेतीयोग्य जमिन वचाउनलाई जग्गा वर्गिकरण गर्न लागिएको नगर प्रमुख वगडियाको भनाई छ ।
जग्गा वगिकरण गर्दा धार्मिक स्थल मठ मन्दिर वन जंगल, सास्कृतिक सम्पदालाई ध्यानमा राखेर वातावरण ऐन नियम अनुसार जग्गाको वर्गिकरण हुन लागेको हो ।
एक महिना भित्र जग्गाको वर्गिकरणको काम सम्पन्न गर्नेगरि नगर प्रमुखको अध्यक्षतामा भुउपयोग कार्यान्वयन समिति समेत गठन गरिएको छ । समितिमा उपप्रमुख , प्रमुख प्रसासकिय अधिकृत तथा वर्डा अध्यक्ष सहभागी छन । समितिले एक महिना भित्र काम सम्पन्न् गर्ने र दुई महिनामा रंगेली नगरपालिका क्षेत्र अन्तर्गतका जग्गाका कित्ता काट शुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *