विराटनगर फागुन १
सस्कृती पर्यटन तथा नागरिक उद्यन मन्त्री सुदन किरातीले राष्ट्रिय सहमतीकै आधारमा राष्ट्रपति चयन हुने वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले राष्ट्रिय सहमतीको वाटोमा मुलुक अगाडी वढिरहेकाले सहमतिको आधारमा राष्ट्रपतिको निर्वाचन हुने वताउनुभयो ।
कुनै दल विशेष भन्दापनि जुन व्येक्तिको नाममा राष्ट्रिय सहमती जुट्छ त्यहि व्येक्ति राष्ट्रपति वन्न सक्ने उहाको भनाई थियो । मन्त्री किरातीले राष्ट्रपति एकताको प्रतिक भएको र संविधानको मुल भावनपनि त्यहि हो भन्नुहुदै सहमतीको विकल्प नभएको वताउनुभयो ।
एक प्रश्नमा उहाले अहिलेको सरकार पाचवर्ष सम्म चल्ने वताउनुभयो । अहिलेको सत्तागठवन्धनमा कुनै विवाद नरहेको भन्नुहुदै त्यसमा शंखा नर्गन आग्रह गर्नुभयो ।
मन्त्री किरातीले नेपालको एयर्पोटहरु पुर्ण रुपमा संचालनगर्न लागी आफुले कार्ययोजना वनाएको भन्नुहुदै अर्वौ रुपैया खर्चेर वनाइएका संरचना हरु त्यतिकै ्राख्न नमिल्ने वताउनुभयो । नेपाल वायुसेवा निगम नाफामा लजान जहाजहरु दैनिक १५ घन्टा संचालन हुनुपर्ने उहाको भनाई थियो ।
केही काम गर्न भनेर आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेको भन्नुहुदै सस्थान ऋणमा डुवेको टुलुटुलु हेरेर आफु वस्न नसक्ने उहाले वताउनुभयो आफु मन्त्रीको कुर्सीमा मात्र वस्न नभई केही कामगर्न आएको भन्नुहुदै आफनो मन्त्रालयको मातहतमा रहेका हरेक क्षेत्रको सुधार र विकाशका लागी काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।