जुटखेती खेतीप्रति मोरङका किसानको आकार्षण घट्दो

कुमोद अधिकारी
३० भदौ,
विराटनगर । प्रमुख नगदेबालीका रूपमा रहेको जुटखेती खेतीप्रति पछिल्लो समय मोरङका किसानको आकार्षण घट्न थालेको छ । उत्पादन लागत वढनु, मजदुरको अभाव र मेहनतअनुसारको मूल्य नपाउँदा जुटखेतीतर्फ किसानको आकार्षण घटन थालेको हो ।
मोरङ रंगेलीका कृषक जगर्नाथ मंण्डलले जुटखेतीमा उत्तपादन लागत वढेपनि लागत अनुसार मुल्य नपाउदा आकार्षण घटेको वताउनुहुन्छ ।जुटखेतीमा खेती गर्ने किसानले खेती लगाउनेदेखि तयार पारेर बजारसम्म पु¥याउने प्रक्रिया निकै झन्झट र मेहनतपूर्ण छ ।
नेपाल सरकारले कृषकहरुले उत्पादन गरेको जुटको उचित मूल्य निर्धारण नगर्दा व्यपारीहरुले आफुखुशी खरिद गर्ने र कृषकहरुले सस्तो मुल्यमा बिक्री गर्नुपर्ने बाध्यता छ । उत्तपादित जुट प्रतिमन सात हजार रुपैयाँ सम्म विक्रि हुदै आएको छ । बिगतको बर्ष जुट प्रतिमन १० हजार रुपैयाँमा खरिदबिक्री ुहुदै आएको थियो ।


सोही जुटको मुल्य भारतीय बजारमा नेपाली रुपैयाँ प्रतिमन ११ हजार रुपैयाँमा विक्रि हुने गरेको छ ।जुटको मुल्य कम भएपछि सिमावर्ति क्षेत्रका धेरै किसानले आफुले उत्तपादन गरेको जुट भारतिया वजारमा लगेर विक्रि गर्ने गर्दछन ।
१० कठ्ठा जग्गाम सनपाट खेती गर्दे करिब ३० देखि ३५ हजार रुपैयाँ खर्च लाग्ने भएता पनि लागत अनुसारका वजार मुल्य नपाउदा निकै समस्या भएको सुनवर्सीका किसान सदानन्द मण्डलको भनाई छ । जुट काट्ने समयमा मजदुरको अभावका कारण किसानका लागि अर्को चुनौती हुने गरेको उहाको भनाई छ । अहिले दैनिक करिब ७ सय रुपैयाँसम्म ज्याला दिदापनि गाउँघरमै पर्याप्त मजदुर नपाउने समस्या छ ।् अहिले किसानले लगाएको जुट उत्तपादन हुने समय हो ।
ज्ुट काटि सकेपछि पनि धानवाली र अरु वालीजस्ते किसानको काम सकिँदैन । काटेको जुटको पात झार्न करिब एक साता लाग्छ । त्यसपछि स–साना मुठा बनाएर पानी जम्ने पोखरी, खोला वा खोल्सामा करिब २५ दिनसम्म पानीमा जुटलाई कुहाउन राखिन्छ । त्यसपछि पानीबाट सनपाट निकालेर सफा गरिन्छ र पुनः करिब एक सातासम्म घाममा सुकाएपछि मात्रै बजारमा बिक्री गर्न योग्य हुन्छ ।


जुट उत्तपादन र तयार गर्न धेरै समय र मेहनतपनि उत्तिकै लाग्छ। मेहनत अनुसारको लागत अनुसार बजारमा उचित मूल्य नपाउँदा किसानको लागतसमेत उठाउन गाह्रो हुने गरेको छ । सरकारले उत्पादनको लागत हेरेर जुटको मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ । २०४१ सालतिर मोरङमा जुट खेतीको अवस्था निकै उत्साहजनक थियो ।
त्यतिबेला जुटखेतीमा कामका लागि भारतबाट ठूलो संख्यामा मजदुरहरू मोरङका विभिन्न क्षेत्रमा आउने, तीन महिनासम्म घर भाडामा लिएर बस्ने र जुट तयार पारेर मात्रै भारत फर्किने गर्दथ्ये ।
मोरङमा यो वर्ष ५ हजार हेक्टर क्षेत्रफको हाराहारीमा जुटखेती गरिएको कृषि ज्ञानकेन्द्र मोरङले जनाएको छ । लागत अनुसार किसानले जुटको मुल्य नपाउदा विगतका वर्ष जस्तोगरि किसानले जुटखेती लगाउन छाडेका छन । आठ दशवर्ष अगाडी सम्म मोरङमा १० हजार वढि क्षेत्रफलमा जुटखती हुदै आएको थियो ।
किसानले उत्पादन गरेको जुटको उचित मूल्य सुनिश्चित गर्न नसकिए खेतीबाट किसान विस्थापित हुने भएकाले जुटखेतीको संरक्षणसँगै लागत अनुसारको न्यूनतम समर्थन मूल्य र बजार व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *