चिकित्सक घिमिरेको नाममा फाउण्डेशन स्थापना

कुमोद अधिकारी माघ २६ विहिवार
विराटनगर÷ लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. अभिनारायण घिमिरे र उनकी श्रीमतीको नाममा प्रतिष्ठान स्थापना गरिएको छ ।
प्रतिष्ठानमार्फत समाजसेवा गर्ने उद्देश्यले डा. अभिनारायण सुशीला घिमिरे फाउण्डेशन स्थापना गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा आज भएको कार्यक्रममा फाउण्डेशनको सार्वजनिक गरिएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, ज्येष्ठ नागरिकको सुरक्षाका लागि ज्येष्ठ नागरिक आवासगृह निर्माण तथा सञ्चालन, रोजगारीमूलक शिक्षा तथा सीप विकास एवं व्यावसायिक अवसर प्रदान गर्ने, स्वास्थ्य, सरसफाई, पोषण तथा वातावरण संरक्षणसम्बन्धी शिक्षा, सचेतना तथा सेवा प्रदान गर्ने, बालबालिका, महिला, युवा र ज्येष्ठ नागरिकको अधिकाार तथा कर्तव्यसम्बन्धी शिक्षा, सचेतना एवं शक्तिकरण कार्यक्रम सञ्चालन गर्नेलगायतका उद्देश्य रहेको फाउण्डेशनले जनाएको छ ।


डा. अविनारायण घिमिरे, मालती आचार्य घिमिरे, त्रिलोचनप्रसाद नेउपाने, यज्ञप्रसाद शर्मा, ऋषिकेश पोखरेल, पेशलकुमार न्यौपाने, तुलबहादुर श्रेष्ठ, नन्दीकेशर भण्डारी, तीर्थेन्द्र नेउपाने र दीपेन न्यौपाने प्रतिष्ठानको संस्थापक रहेका छन् ।
कार्यक्रममा वोल्दै मेयर कोइरालाले फाउण्डेशनको उद्देश्य परिपूर्तिका लागि महानगरका तर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैे संस्था स्थापना हुनुभन्दा त्यसलाई दीर्घकालसम्म सञ्चालन गर्नु ठूलो चुनौती भएको बताउनुभयो ।
उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेशनले विराटनगरको शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक, बालबालिकालगायतका क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *