श्रोत नखुलेको रकम सहित एकजना पक्राउ

माघ २६ विहिवार
श्रोत नखुलेको रकम सहित एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा विराटनगर महानगरपालिका –१५ का ४२ वर्षिय रंजित कुमार साह रहेका छन ।
उनको साथवाट श्रोत नखुलेको ९ लाख २० हजार रुपैया वरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले वताउनुभयो ।


प्रहरीले उनलाई विराटनगर–१० वाट पक्राउ गरेको हो । उनको साथवाट नगद सहित दुइथान एटीएम कार्ड तथा उनले प्रयोग गरेको मोटरसाइल समेत प्रहरीले वरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *