कुमोद अधिकारी
२७ जेठ,
विराटनगर । पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पत्रकारिताको विकास आवश्यक रहेकोमा संचारकर्मीले जोड दिएका छन । स्थानिय मिडियालाई आर्थिक रुपमा संक्षम वनाउन सके पर्यटन क्षेत्रको विकास सहज हुने उहाहरुको भनाई छ ।
पर्यटन वनतथा वातावरण मन्त्रालय कोशी प्रदेसको सहयोगमा तथा अभिनव मिडिया प्रालीको आयोजनामा विराटनगरमा आज आयोजना गरिएको पर्यटन पत्रकारिता अवसर र चुनौती विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा धार्मिक प्राकृतिक, सास्कृतिक तथा साहसिक पर्यटकिय गन्तव्यको पहिचान वोकेको कोशी प्रदेसको पर्यटन क्षेत्रको विकासमा संचारकर्मीको भुमिका महत्वपुर्ण रहनेमा जोड दिइएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेसका अध्यक्ष भरतवहादुर खडकाले कार्यपत्र प्रस्तुत गर्नुहुदै पर्यटनको संभावनै संभावना वोकेको कोशी प्रदेसको पर्यटकिय स्थलवारे राष्ट्रतथा अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देस प्रभामा संचारकर्मीको भुमिका महत्वपुर्ण रहेको उल्लेख गर्नुभयो ।
भौगोलिक अवस्थाका कारण कतिपय पर्यटकिय गन्तव्य स्थलसम्म आगमन सहज हुन नसकेको अवस्थामा पर्यटन पुर्वाधार, सडक विजली तथा आवश्यक लगानीका लागि प्रदेस सरकारको ध्यान जानु पर्ने उहाको भनाई थियो ।
पत्रकार महासंघ कोशी प्रदेसले पर्यटन क्षेत्रका विकासका लागि प्रदेस सरकारसंगको समन्वयमा प्रदेसका १४ वटै जिल्लाका पत्रकारहरुलाई सहभागि वनाएर पर्यटन पत्रकारिता सम्वन्धि तालिम तथा लेखनवृत्तिको व्यवस्था गदै आएको उहाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कमल रिमालले कोशी प्रदेसमा पर्यटनका संभावना प्रसस्त छन भन्ने कुरालाई उजागर गर्न समाचारको माध्यामवाट त्यस्को प्रचार प्रसार हुनु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारीले समाचार प्रकाशन एंव प्रसारणका पर्यटकिय स्थलको वारेमा प्रचारप्रसार हुदा पछिल्लो समय कोशी प्रदेसमा पर्यटक आगमनमा उल्लेखनिय वृद्धि भएको वताउनुभयो ।
नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष सन्तोष सिग्देलले वाह्रय पर्यटकलाई कोशी प्रदेसमा भित्राउन भारतवाट आउने पर्यटकको आगमनलाई सहज वनाउनु पर्नेमा जोड दिनुभयो ।
अभिनव मिडिया प्रालीका अध्यक्ष एंक कार्यक्रम अध्यक्ष चिना थापाले कोशी प्रदेसको पर्यटन क्षेत्रका विकास र चुनौतीका विषयमा संचारकर्मीवाट आएको सुझाव कार्यान्वयका लागि प्रतिवेदन तयार पारेर मन्त्रालयमा वुझाउने र मन्त्रालयले सहि रुपमा त्यस्को कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । पर्यटन पत्रकारिताको विकासमा पत्रकारहरुलाई पर्यटन पत्रकार सम्वन्धि नया प्रकारको तालिम तथा पत्रकारलाई प्रदेस सरकारले लेखनवृत्तिको व्यवस्था गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा प्रेस सेन्टर कोशी प्रदेसका महासचिव गोकुल पराजुली, पत्रकार विनोद सुवेदी , व्रम्हदेव यादव तथा संशांक पौडेलले पर्यटन पत्रकारिताको विकासमा जोड दिनु भएको थियो ।