मकैको उचित मुल्य नपाउदा किसान मार्कामा, उत्तपादन लागत उठाउन समस्या

कुमोद अधिकारी
२६ जेठ,
विराटनगर । मकैको उचित मूल्य नपाउँदा किसान मार्कामा परेका छन । गहु तथा धानको समर्थन मुल्य निर्धारण गरिदै आएपनि उत्तपादन हुने यो समयमा सरकारले मकैको समर्थन मुल्य निर्धारण नर्गदा किसान मर्कामा परेका हुन् ।
गतवर्ष स्थानीय बजारमा मकै प्रतिक्विन्टल ३३ सय देखि ३५ सय सम्म बिक्री गरेको मकै यो वर्ष व्यापारीले प्रतिक्विन्टल २५ सय देखि २६ सय रुपैयामा खरिद गर्ने गरेको मोरङ धनपालथान गाउपालिका–३ का किसान अनिलकुमार यादवको भनाई छ । उहाले मकैखेतीमा लागतखर्च धेरै भएपनि सो अनुसारको मुल्य नपाएको उहाको गनासो छ । आठ विघा जग्गामा प्रति विघा ९० हजार रुपैया खर्च गरेर यो वर्ष मकैखेती लगाएकोमा यो वर्षको भाउले लागतखर्च समेत उठाउन समस्या भएको उहाको गुनासो छ ।
त्यस्तो रंगेली नगरपालिका–४ का किसान मरुङवावु वेसराले अरु वालिको तुलनामा राम्रो आम्दानी हुने भएपछि विगत १० वर्ष देखि मकै खेती गर्दै आउनु भएको छ । मल, विउ, विषाधी तथा कामगर्ने मजदुर सहित ठुलो खर्च गरेर खेती गदैृ आएपनि यो वर्षको मकैको भाउले निराश वनाएको उहाको भनाई छ । सोही ठाउका अर्का किसान रोसनकुमार साहले मकै उत्तपादन भएपछि सुकाउने समस्या हुदा सडकमै मकै सुकाउनुपर्ने अवस्था र निरन्तरको वर्षाले मकै पानीमा भिज्दा र यो वर्ष भाउ समेत घटदा किसान मार्का परिेको वताउनुभयो । मकैको समर्थन मुल्य निर्धारत नहुदा व्यापारीहरुले आफुखुशी भाउमा मकै खरिदगने गरेको किसानको गुनासो छ ।


प्रति विघा डेढसय देखि दुई सय मन सम्म मकै उत्तपादन हुन थालेपछि मोरङ जिल्लामा पछिल्लो समय मकै खतीप्रति किसानको आकार्षण वढन थालेको छ । धान गहु जस्तै सरकारले मकैको पनि समर्थन मुल्य चाडै निर्धारण गर्नुपर्ने अर्का किसान विशाल शिवाकोटीको भनाई छ । वर्षा तथा हावाहुरीले मकैवालीमा वर्षेनी क्षति पु¥याउदा किसान मार्कामा पर्ने गरेकाले मकैवालीको विमा तथा मकैको समर्थन मुल्य तोक्नुु आवश्यक रहेको उहाको भनाई छ ।
गतवर्ष जिल्लामा २१ हजार १ सय हेक्टर क्षेत्रफलमा लगाइएको मकै खेतीबाट १ लाख ४७ हजार ७ सय मेट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । यो वर्ष मोरङ जिल्लाामा २१ ह्जार ३ सय हेक्टर क्षोत्रफलमा मकै खेती लगाइको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *