विराट राजवंशीले विराटनगरमा वृह्त भेलाको आयोजना गर्दै,

कुमोद अधिकारी विराटनगर
१ फागुन,
विराटनगर। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा आफनो समुदायलाई सुचिकृत गराउन मागगर्दै राजवंशी समाज उत्थान समिति विराट राजवंशीले विराटनगरमा १८ औं वृह्त भेलाको आयोजन गर्ने भएको छ ।
समितिले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानमा आफनो समुदायलाई सुचिकृत गराउन यहि फागुन–६ गते मंगलवार विराटनगरको महेन्द्र चौकमा वृहत भेलातथा ¥याली आयोजना गर्न लागेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा फागुन–३ गते विहान साढे १० वजे मोटरसाइकल ¥याली तथा फागुन–६ गते विहान विराटनगरको संसारी माइस्थावनवाट ¥यालीको आयोजना गर्दै महेन्द्र चौकाको हिमालय हल अगाडी भेला आयोजना गर्न लागिएको भेला आयोजक समितिका संयोजक समितिका सह–संयोजक राजेशकुमार राजवंशीले वताउनुभयो ।
समितिले राज्यको हरेक अंगमा विराट राजवंशी समुदायको स्थान शुनिश्चित गर्नुपर्ने, कोशी प्रदेसको प्रदेससभा सदस्यमा समानुपातिक रुपमा आफनो समुदायको प्रतिनिधित्व हुनुपर्ने, विराटनगरको प्रथम जातीको रुपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने, राज्यको प्रत्येक अंग तथा तहमा आंरक्षणको व्यवस्था हुनुपर्ने, विराट राजसंशी समुदायले वसोवासगर्दै आएको विराटनगर महानगरपालिका सहित कटहरी, जहदा , वुढीगंगा, तथा ग्रामथान गाउपालिकाको क्षेत्रलाई विराट राजसंशी स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने तथा विराटनगर स्थित भेडियारीमा रहेको विराट दरवारक्षेत्रको संरक्षंण एंव सम्वर्धनका लागि विराट राजसंशी समुदायको नेतृत्वमा सो क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने लगायतका मागहरु राखेका छन ।
सो अवसरमा वोल्नहुदै समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले, आफुले अघि सारेका मागहरु पुरा नभए आगामी वैशाख देखि सशक्तत आन्दोलन गर्ने वताउनुभयो ।
उहाले माग पुरा नभए वैसाख महिना देखि समितिले अनशन, सिटि जुलुस, चक्काजाम तथा विराटनगर प्रवेश निषेध जस्ता विरोधका कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराउनुभयो ।
भेलाका संयोजक वनेशलाल राजवंशीले आफनो समुदायको हक अधिकार स्थापित गर्न विगत १७ वर्षदेखि विराट राजवंशी समुदायले शान्तीपुर्ण रुपमा आन्दोलन गर्दै आएकोे वताउनुभयो ।
भेलामा १० हजार वढिको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सो अवसरमा समितिको केन्द्रिय उपाध्यक्ष प्रदिप राजवंशी लगायतको सहभागिता रहेको थियो । मोरङ, सुनसरी तथा झापा जिल्लामा सो समुदायको ५० हजारभन्दा वढि जनशशख्या रहेको आयोजक समितिका सह–सयोजक राजेश राजवंशीले वताउनुुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *