कुमोद अधिकारी
२८ माघ,
विराटनगर भन्सार कार्यालयले ३७ लाख रुपैयाँ पर्ने धान काट्ने कृषि मेसिन रोकेर राखेको चन्दनकुमार दासको भनाई छ । भन्सार कार्यालयले भारतबाट नेपाल निर्यात हुन लागेको सागर मोटर्स पाट रामधुनी–१, सुनसरीको धान काट्ने कृषि मेसिनलाई जाँच पास नगरीकन ३ महिनादेखि रोकेर राखेको सो मेसिन सागर माटर्स पाट रामधुनी–१, सुनसरीको नामबाट मेसिन निर्यात गर्न लागेका इटहरी उपमहानगरपालिका वडा नं. १६ का साहको भनाई छ ।
उहाले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर भन्सार कार्यालयका प्रमुखले मेसिन जाँच पास गर्न आनाकानी गरिरहेको आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा साहले भन्नुभयो मैले २०८१ कात्तिक २८ गते भारतको पन्जाब राज्यबाट सरकारी मापदण्ड बमोजिम धान काट्ने मेसिन विराटनगर भन्सार कार्यालयमा ल्याएको छु । तर भन्सार प्रमुखले मापदण्ड नपुगेको भन्दै ३ महिनादेखि मेसिन रोकेर राख्नु भएको छ् ।
मेसिन निर्यात कर्ता साहले २०८१ मंसिर १७ गते मापदण्ड पुग्दैन भने मेसिन फिर्ता पठाइदिन विराटनगर भन्सार कार्यालयमा निवेदन दर्ता गराएका छन् । तर भन्सारले नत मेसिन जाँच पास गर्न मानिरहेका छन् । नत मेसिन फिर्ता पठाउन मानिरहेका छन् उहाले भन्नुभयो ।
साहले विराटनगर भन्सार कार्यालयमा मेसिन पार्किङ गरेर राखे बापत ट्रान्स नेपाल सर्भिस प्रा.लि.लाई २९ हजार ९ सय ८३ रुपैयाँ ४७ पैसा भाडा तिरी सकेका छन् ।
२ वर्ष कतार र २ वर्ष साउदी अरबमा काम गरेर बाँकी जीवन नेपालकै व्यापार व्यवसायमा खर्च गर्ने उद्देश्यका साथ घर फर्केका साहले बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर धान काट्ने मेसिन खरिद गनु गर्नु भएको हो ।
प्रत्येक दिन छोरा चन्दन साह घर नपुग्दासम्म आमा बुवा छोराको साथीको सहयोगमा खोजी गर्न निस्कन्छन् । धान काट्ने मेसिन समयमा आई नपुग्दा सुनसरी, रामधुनी–४ का किसान लालबहादुर कार्की, शंकरबहादुर थापाको आधा धान खेतमै अलपत्र अवस्थामा छ
रामधुनीका किसानले धान काट्ने मेसिन ल्याउन लागेको थाहा पाएर विदेश जाने तयारीमा रहेका बुढिगंगा–२ का शनिदेव चौधरी मेसिन चलाउन पाउने भए भन्दै विदेश जाने भिसा क्यान्सिल गरेका थिए ।
नेपालमै हलो जोत्न चाहने व्यक्तिलाई विदेश जान वाध्य वनाउन खोजेकोमा कृषक लालबहादुर कार्कीको गुनासो गर्नुभयो ।