कुमोद अधिकारी विराटनगर
१३ माघ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुचनाको हक प्रभावकारी कार्यान्वयनका लागी आम नागरिकमा सूचनाको सहज पहुँच आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रिय सूचना आयोगले विराटनगरमा आइतवार आयोजना गरेको कोशी प्रदेश स्तरिय सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाँले आम नागरिकमा सूचनाको हकको विषय जानकारी गराउन तीनै तहका सरकारका संयन्त्रले सचेतना अभिवृद्धि गराउनुपर्ने बताउनुभयो ।
कुनै एउटा उदेश्य राखेर एउटै व्यक्तिले धेरै विषयमा सूचनाको हक प्रयोग गर्दै लिएका कतिपय सरकारी सूचनाको गलत अर्थ लगाएर त्यसलाई प्रचार–प्रसार गर्ने गरेको पाइएकाले त्यसतर्फ राष्ट्रिय सूचना आयोगको ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।सूचनाका हकले मुलुकमा सुशासन कायमहुने र लोकन्त्र सुद्धिढ हुने भएकाले सेवा प्रवाहका विषयमा कुनैपनि सूचनाको माग भएमा त्यसलाई निर्वाद रुपले नागरिकलाई उपलव्ध गराउनुपर्र्ने उहाँले बताउनुभयो ।
कतिपय व्यक्तिले सूचनाका हक प्रयोग गर्दै जानकारी लिने र त्यसलाई समाजिक सन्जाल मार्फत गलत उदेश्यले प्रयोग गर्र्ने गरेको बताउदै उहाँले सूचनाकोहक सदुपयोग भयो वा सदुपयोग भयो भन्नेतर्फ ध्यान जानु आवश्यक रहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

सो अवसरमा बोल्नुहुदै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त सुरेश आर्चायले आम नेपाली नागरिकले सूचनाको हक प्रयोग गर्न पाउनुपर्ने विषय संविधानमै उल्लेख भएकाले सूचनादिने र सुचना माग्नेको नियत सफाभए यस विषयमा कुनै समस्या नआउने बताउनुभयो । कार्यालयका सूचना अधिकारीलेपनि कार्यालयको सेवाप्रवाहको जानकारीको विषयमा आफुलाई तयारी अवस्थामा राख्दै सरकारी सेवाप्रवाहका सबै सुचना अभिलेखिकरण हुनुपर्ने उहाँले शताउनुभयो ।
कोशी प्रदेश सरकारका प्रमुख सचिव केदारनाथ सर्माले सरकारी निकायहरुले पारदर्शी,उत्तरदायी र जवाफदेखि भएको सुचना प्रवाहगर्नुपर्ने बताउनुभयो । सूचना आयोगका सदस्य गगन विष्टले, सुचनाका हकको प्रभावकारी कार्यान्वयन र त्यसको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै सूचनाको हक आमजनतामा स्थापित हुनुपर्ने बताउनुभयो ।
आयोगका सचिव कमल प्रसाद भट्राई तथा कोशी प्रदेश मुख्यमन्त्री कार्यालका उप–सचिव अर्जुन निरौलाले सूचनाको हकको महत्वमाथी प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका सरकारी कार्यालयका प्रमुख, स्थानियतह तथा कार्यालयका सूचना अधिकारी, पत्रकार तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । सो अवसरमा सहभागीहरुले सुचनाको हकको प्रयोग गर्दा वा सुचना प्रवाहगर्दा भोग्नु परेका समस्याका विषयमा जानकारी गराउनु भएको थियो ।