पाँचथरमा आयोजना हुने गोल्डकप विजेताले ११ लाख पाउने

माघ १३ गते । पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म हुने भएको छ । 

फिदिम माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो । 

प्रतियोगिताको विजेता टिमले उपाधिसहित ११ लाख एक हजार ११ रुपियाँ तथा उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पाउनेछ । यस्तै ब्यक्तिगत विधाका विजेता र प्रशिक्षकलाई पनि आकर्षक नगद पुरस्कार पूदान गरिने आयोजकले जनाएको छ । 

७० लाख रुपियाँ लगानीमा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका चार र विदेशका दुई, ‘बी’ डिभिजनका एक र आयोजकबिच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *