पर्यटन वर्ष–२०८२ सफल वनाउनु सवैको सहयोग आवश्यक , मुख्यमन्त्री कार्की

कुमोद अधिकारी विराटनगर
१० माघ,
. कोशी प।देश सरकारले अगामि वर्ष कोशी प।देश पर्यटनवर्ष २)८२ घोषणा गरिसकेकाले यसलाई ;सार्थक वनाउन सवैको सामुहिक प्रयास आवश्यक रहेको कोशी प्रदेसका म’ख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनु भएको छ ।
सुनसरीका कोशी टप्पु वन्यजन्तु आरक्षक केन्द्रमा आज आयोजित कोशी प्रदेस सरकारले घोषणा गरेको पर्यटनवर्ष–२०८२को मुल आयोजक समितिको वैठककालाई संवोधन गर्नुहुदै उहाले पर्यटनवर्षको थालनीसंगै सरकारले त्यस्को तयारी शुरु गरेको वताउनुभयो ,।
कोशी प्रदेसमा पर्यटनको प्रचुर संभावना रहेको वताउदै उहाले पर्यटनवर्ष–२०८२ लागि प्रदेसमा ८२ वटा पर्यटन गन्तव्य सरकारले तोकेको र सो गन्तव्यलाई व्यवस्थित वनाउने कार्य भइरहेको जानकारी गराउनुभयो ।
उहाले कोशी प्रदेसमा पर्यटकहरुका आकार्षण वढाउन सरकारले तोकेको सम्पुर्ण गन्तव्यलाई ३, ४ वर्ष भित्र व्यवस्थित वनाउने वताउनुभयो ।
पर्यटकहरुको सुरक्षाका लागि प्रदेस सरकार पर्यटकहरुको दुर्घटना विमागर्ने समेर्त तयारी भइरहेको उहाको भनाई थियो । भारतिय पर्यटकहरुको सिमानाकावाट हुने आवत जावतलाई सहज वनाउदै उनिहरुलाई कोशी प्रदेसको जुनसुकै स्थानमा निर्वाद रुपले घुम्ने वातवारण तयार गर्न लागेको उहाले वताउनुभयो ।
कोशी प्रदेसका पर्यटन वनतथा वातवरण मन्त्री सदानन्द मण्डलले कोशी प्रदेसका प्राकृतिक तथा जैविक सम्पदालाई विश्वमा चिनाउन पर्यटनवर्ष फलदायी हुने वताउनुभयो ।
कोशी प्रदेसका सभामुख अम्वर वहादुर विष्टले सरकारले पर्यटनवर्ष आयोजना गर्न लागेकोमा खुशि व्यक्तगर्दै यसले कोशी प्रदेसका अर्थतन्त्र वृद्धिगर्न सहयोग पुग्ने वताउनुभयो ।
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री एंव नेपाली कांग्रेस कोशी प्रदेस संसदियदलका नेता उद्धव थापाले पर्यटनवर्षले कोशी प्रदेसको समवृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गर्नुभयो ।


पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटनवर्षको महत्वमाथी प्रकास पार्दै कोशी प्रदेसमा रहेको पर्यटकिय गन्तव्यहरुको वारेमा चर्चा गर्नुभयो । पर्यटनवर्ष सफल वनाउन पर्यटन प्रहरीलाई सवल र थप प्रभावकारी वनाउनुपर्नेमा समेत उहाले जोड दिनुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी संसदियदलका नेता निर्मला तावा लिम्व, उधोग वाणिज्य महासंघ कोशी प्रदेसका अध्यक्ष राजेन्द्र राउत, कोशी गाउपालिकाका अध्यक्ष अयुृव अन्सारीले पर्यटनवर्षलाई सफल वनाउन निजिक्षेत्रको सहयोग आवश्यक रहेको वताउनुभयो ।
प्रदेशको पर्यटन क्षेत्रको कार्य जिम्मेवारी बोकेको पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटनसम्बन्धी कानून, मापदण्ड र योजना निर्माण, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र नियमन, पर्यटक प्रहरी व्यवस्थापन, पर्यटकीय सेवा क्षेत्रको नवीकरण लगायतका कार्यहरू गर्दै आइरहेको छ ।
मन्त्रालय मातहत पर्यटन विकास आयोजना, पर्यटन कार्यालय धरान र काँकडभिट्टाका कार्यालयहरूले प्रदेशका चौध जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरिरहेका छन् ।
२०८१ जेठदेखि स्विस सरकारसँगको साझेदारीमा तीनै तहका सरकारहरू संलग्न भई ४ वटा पदमार्गहरू केन्द्रित गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना पनि सञ्चालनमा छ ।
प्राकृतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक एवम् जैविक विविधतायुक्त कोशी प्रदेशको अवस्थितिले यस प्रदेशलाई भारतीय पर्यटकहरूको निकट तथा सम्भावनायुक्त प्रदेशको रुपमा स्थापित गर्ने जनाएको छ ।
पछिल्लो दशक यता आन्तरिक पर्यटनको पनि प्रशस्त विकास भइरहेको छ । यस परिप्रेक्षमा आन्तरिक तथा भारतीय पर्यटकहरूलाई अधिकाधिक आकर्षित गर्दै पर्यटन क्षेत्रलाई राष्ट्रिय पुँजी निर्माणको आधारको रुपमा विकास गर्ने लक्ष्य लिई सरकारले यस कार्यक्रमलाई अघि सारेको छ ।
पर्यटन वर्षको कार्यक्रम अन्तरगत संघीय, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्रको सहकार्यमा विविध क्रियाकलापहरू सञ्चालन गरिने छन् ।
यसका लागि प्रदेश सरकारबाट “कोशी प्रदेश पर्यटन वर्ष, २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गरी मूल आयोजक समिति, निर्देशक समिति, कार्यक्रम व्यवस्थापन समिति गठन तथा सचिवालय स्थापना गरिएको छ ।
कोशी प्रदेश सरकारले पर्यटन वर्षलाई सफल बनाउन १० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेशमा पर्यटनको प्रशस्त सम्भावना रहेको र सयौँ आकर्षक गन्तव्यहरूले पर्यटक पर्खिरहेको भन्दै सरकारले ती पर्यटकीय गन्तव्यहरूको पूर्वाधारसँगै निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने योजना बनाएको छ ।
२०८२ साल वैसाख–१ गते लाली गुरासको राजधानी तेह्रथुमको तिनजुरे मिल्केवाट पर्यटनवर्ष–२०८२ को शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *