राजनितिक स्थायीत्वका लागि संविधान संशोधन आवश्यक – नेता कोइराला

कुमोद अधिकारी विराटनगर
माघ,८ बुधवार
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको सात बुदे सहमतीको जगमा बनेको वर्तमान सरकार तत्काल परिवर्तन नहुने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको आर्थिक विकास र राजनितिक स्थायीत्वका र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रष्ट पार्नुभयो ।
सरकार गठन भएको ६ महिना भइसकेको र जसरी सरकारले काम गर्नुपर्ने हो सो अनुसाार काम हुन नसकेको बताउदै जनतालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्ने उहाँले बताउनुभयो । वर्तमान सरकार प्रति जनताको आशा भरोसा रहेको उहाँको भनाई थियो । ६ महिनामै संविधान संशोधन, सुशासन तथा मुलुकको आर्थिक विकास संभव नहुने भएपनि यस विषयमा सरकारले कामको गतिलाई अगाडी बढाउनुपर्ने मा जोड दिनुभयो ,
नेता कोइरालाले सात बुदे सहमती अनुसार संविधान संशोधन प्रक्रिया चाडै अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालले मात्र चाहेर नहुने भएकाले संशोधनका लागि सरकार बाहिर रहेका दलहरुलाई पनि मिलाएर लैजानुपर्ने बताउनुभयो ।
एक प्रश्नमा उहाँले लोकतान्त्रिक व्यवस्थामा अध्यादेशबाट मुलुक चलाउन खोज्नु उपयुक्त नहुने प्रष्ट पार्नुभयो । अध्यादेशबाट देश चलाउन खोज्दा मुलुकमा निरंकुशता हावी हुने उहाँको भनाई थियो । लोकतान्त्रिक व्यवस्थमा संयन्त्र गठन गरेर देश चलाउने भन्दा पनि सरकारले देश चलाउनु पर्छ उहाँले भन्नुभयो ।
नेता कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशन समयमै हुनुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका विधानमा चारवर्ष भित्रमा अधिवेशन गराउर्ने प्रावधान रहेकाले समयमा अधिवेशन हुन नसके पार्टी कमजोर हुने उहाँको भनाई थियो ।
एक अर्को प्रश्नमा उहाले केहि दिन अगाडी आफुले गरेको वेलायत भ्रमण फलदायी भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *