कुमोद अधिकारी विराटनगर
१७ पुष,
राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदियदलका नेता एंव नेपाली कांग्रेका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले मुलुकको समवृद्धि र राष्ट्र निमार्णमा सवैदल एक जुट भएर अघि वढनुपर्ने वताउनु भएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेस सुचना संचार तथा प्रचार प्रसार विभागले विराटनगरमा आज आयोजना गरेको प्रेस युनियनसंग आवद्ध निर्वाचित पत्रकारहरुको सम्मान कार्यक्रममा उहाले दलहरुको सहमतीमा शान्ती प्रक्रिया र संविधान निमार्णमा जस्ता महत्पुर्ण उपलव्धिहरु हशिल भएकाले अव एकतावद्ध भएर जनताको हितका लागि काम गर्नुपर्ने वताउनुभयो ।
उहाले नेपाली कांग्रेसको नेतृत्वमा संविधान निमार्ण र शान्ती प्रक्रिया जस्ता महत्वपुर्ण कामहरु भएकाले अव नेपाली कांग्रेसले जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्ने वताउनुभयो ।
संविधान निमार्ण पछि संघियता आएपछि उल्लेखनिय रुपमा मुलुकमा विकास निमार्णको कामहरु भएको उहाको भनाई थियो । लोकतन्त्र र प्रेस विच अन्योन्याश्रित सम्वन्ध रहेको र नेपालको हरेक राजनितिक परिवर्तनमा प्रेसले महत्वपुर्ण भुमिका निर्वाह गरेको उहाको भनाई थियो ।

सो अवसरमा वोल्नुहुदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा डीला संङगा्रैला, अमृत अर्याल, राजिव ढुंगाना, भिम पराजुली तथा नेपाली कांग्रेस कोशी प्रदेस संंंसदियदलका नेता उद्धव थापा, नेपाली कांग्रेस कोशी प्रदेस महामन्त्री एंव कोशी प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री भुपेन्द्र राई कोशी प्रदेस नेपाली कांग्रे महामन्त्री उमेश थापा लगायतले मलुकको समवृद्धिका लागि पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनु भएको थियो ।
सो अवसरमा सुचना तथा संचार प्रचार प्रसार विभागका संयोजक एंव कार्यक्रमका सभापति वावुराम कोइराला सह–संयोजक शेखर रेग्मीले कार्यक्रमको महत्वमाथी प्रकास पार्नु भएको थियो ।
सो अवसरमा मंङसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनसंग आवद्ध भएर निर्वाचीत हुनु भएका कोशी प्रदेसका १४ वटै जिल्लाको पत्रकार महासंघका केन्द्रिय सदस्य, कोशी प्रदेसका प्रदेसका पद्धाधिकारी तथा सदस्य एंव जिल्ला सभापति तथा पद्धाधिकारी एंव सदस्यहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।…