विश्व शान्तको कामना गर्दै झापाको गुरुकुल पाठशालामा महायाज्ञको आयोजना हुने,

कुमोद अधिकारी विराटनगर
१५ पुष,
विराटनगर, झापा जिल्लाको अर्जुधारा नगरपालिका–१ मा रहेको वेदवेदाङ सस्कृत गुरुकुल पाठशालाको प्रचार प्रसार र विकासका लागि सर्वकल्याण अभिषेकात्मक अतिरुद्र महायाग आयोजना हुने भएको छ ।
महायाज्ञ आयोजक समितिले विराटनगरमा आइतवार पत्रकार सम्मेलन गर्दे माघ–१ गते देखि ११ गतेसम्म शंखराचार्यपीठ साधुटारमा महायाग आयोजना हुन लागेको जानकारी गराइएको छ ।
पाठशालाको प्रचार प्रसार र वैदिक सनातन धर्मको संरक्षणका लागि सो पाठशालाको स्वर्ण जयन्तीको पुर्व सन्ध्यामा महायाज्ञ आयोजना गर्न लागिएको हो ।
शंखाराचार्यपीठका प्रमुख एंव व्यास आचार्य लक्ष्मिप्रसाद खतिवडाले विश्व कल्याण,राष्ट्रशान्ती, महायाज्ञमा सहभागिहरुको मनोकामा पुर्ण तथा अकाल मृत्यु निवारणका लागि महायाज्ञ आयोजना गर्न लागिएको वताउनुभयो ।
कार्य समितिका अध्यक्ष समेत रहनु भएका व्यास आचार्य खतिवडाले संस्थाद्धारा संचालित दैनिक रु एकदान एक करोड वरावरको अक्षयकोष स्थापना महाअभियानको अक्षयकोष वृद्धिगर्ने उदेश्यले महायाज्ञको आयोजना गर्न लागिएको वताउनुभयो ।
पत्रकार सम्मेलनमा पुष –२९ गते प्रधान कलश पुजा,आभ्युदासिक श्राद्ध, माघ–१ म्हायाज्ञको उद्घाटन तथा महायाज्ञको प्रत्येक दिन दिउसो १ वजे देखि ३ वजेसम्म विद्धानहरु वाट पौराणिक तथा धार्मिक प्रवचना आयोजना हुने जानकारी गराइयो ।
त्यसैगरि प्रत्यक दिन संस्थाको गतिविधिको वारेमा जानकारी गराउनुका साथै प्रत्येक सांझ भारतकोे वनारसमा गंगा आरती गर्ने टोलीवाट गंगा आरती आयोजना हुने जनाइएको छ ।
२०३३ सालमा स्थापना भएको सो गुरुकुल पाठशालाले हजारौ विद्धान उत्तपादनगर्न सफल भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *