सङ्कटग्रस्त सहकारी व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति बनाउने

पुस १८ गते । सङ्कटग्रस्त सहकारीहरूको व्यवस्थापन गर्न कोशी प्रदेश सरकारले समिति गठन गर्ने निर्णय गरेको छ । विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्कटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।

त्यसका साथै उक्त समितिको काम कर्तव्य तथा अधिकारको विषय पनि टुङ्ग्याउने निर्णय गरेको सरकारका प्रवक्ता रेवतिरमण भण्डारीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषदको बैठकको निर्णय बारे जानकारी दिँदै प्रवक्ता भण्डारीले सहकारी व्यवस्थापन गर्नेलगायत विभिन्न दस विषयमा निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *