कुमोद अधिकारी
९ मङ्सिर
विराटनगर स्थित सिंघीया खोलामा कयौं क्वीन्टल माछा सहितका अन्य जलचर रहस्यमय ढंगले मरेका छन ।
विराटनगरको पुर्वी सिमाना भएर बग्ने सिंघिया खोलामा आईतबार बिहानै देखी माछा संकलन गर्नेहरुको भीड लाग्यो । खोलाको पानी मुनि बस्ने माछाहरु छ्याब्याल्ल अवस्थामा पानी माथि तैरिन थालेपछि खोला किनारमा बसोबास भएका बासिन्दाहरु माछा संकलन गर्ने उद्धेश्य सहित खोलामा पसेका थिए ।
कोहि हाते जाल ले, कोहि झुल त कोहि हातैले माछा समाति रहेका थिए । खोला पस्ने प्रत्येक ब्यक्तीले केहि मिनेटमैं कयौं किलो माछा समात्न सफल भएका थिए ।
माछाहरु अर्ध बेहोसीको अवस्थामा पानी माथि नै तैरिरहँदा बालबालिकाहरुलेपनि सहजै माछा संकलन गरिरहेका थिए ।
सिंघीया खोलाको उत्तर–दक्षिण कयौं किलोमिटर क्षेत्रमा माछा संकलन गर्नेहरुको मेला जस्तै लागेको थियो । खोलाको पानीमा कोहि कसैले बिष मिसाईदिएपछि माछा सहितका जलचरहरु मरेको हुनसक्ने स्थानीयको भनाई छ ।
पानीमा बिष मिसाईएका कारण माछा मात्र नभई पानीमा बस्ने सर्प, भ्यागुता र गंगटो लगायतका जलचर समेत निस्तेज भएर पानी संगै बगिरहेको देखिन्थे ।
यसरी खोलामा बिष हाल्ने काम आपराधिक कार्य भएको विराटनगर २ का अमन गिरीको भनाई छ । उहाले यसअघि पनि खोलामा बिष मिसाउने कार्य भएको जानकारी दिंदै संलग्नको खोजीगरी कार्वाही गर्नुपर्ने वताउनुभयो ।
माछा मार्नकै उद्धेश्यले खोलामा बिष मिसाईएको हुनसक्ने गिरीले आशंका ब्यक्त गर्नुभयो । बिषका कारण खोलाको पानी बिषाक्त हुँदा खोलाको पानी खाने गाई,कुकुर र बिरालो सहित अन्य पशुपंक्षि समेत मर्नसक्ने वा गम्भिर विरामी हुने सम्भावना देखिन्छ ।
कतिपय ब्यक्तीले माछा मार्नकै लागि खोलाको पानीमा करेन्ट समेत प्रवाह गरी माछा मार्ने गरेका छन । खोलामा बिस मिसाउँदा वा करेन्ट लगाएर माछा मार्दा माछा मात्र मर्ने नभई माछाको फुल तथा अन्य जलचरपनि समुल नष्ट हुन्छ । यस्तो कार्यले जैविक विविधतामा नै प्रतिकुल असर पार्ने भएकाले खोलामा विष हाल्ने व्येक्तिको खोजि हुनुपर्ने स्थानियको भनाई छ ।