नरेश श्रेष्ठ स्मृति यु १९ मेन्स राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै

कुमोद अधिकारी
९ कार्तिक,
विराटनगर । नरेश श्रेष्ठ स्मृति वाइवाइ मेन्स अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिदेखि विराटनगरमा सुरु हुँदैछ ।
आज विराटनगरमा आयोजक कोशी प्रदेश प्रादेशिक क्रिकेट संघले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगितामा नेपालका सातवटै प्रदेसको क्रिकेट टिम र तिनवटा विभागिय टिमको सहभागितामा सो प्रतियोगिता हुन लागेको जानकारी दिएको छ । भोली विहान हुने उद्घाटन खेलमा कोशी प्रदेश र मधेश प्रदेशबिच प्रतिश्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्तिक–१० गते देखि कार्तिक–२१ गतेसम्म विराटनगरको वैधनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदान तथा मेर्लिवोन ज्वाला क्रिकेट मैदान विराटनगरमा सो प्रतियोगिता आयोजना हुदैछ ।
नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिताको प्रथम हुने टिमले ट्रफी र मेडल सहित नगद २ लाख र दोश्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रतिनिधि प्रवल गौतमले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलरलाई क्रमश २० २० हजार, प्लेयर अफ द सिरिजलाई ३५ हजार र हरेक दिनको खेलको प्लेयर म्यान अफ द म्याचलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने उहाँले बताउनुभयो ।
प्रतियोगितामा ७ वटै प्रदेशका टिमको सहभागिता रहेको छ । सिंगल राउण्ड रोविन फम्र्याटमा हुने ५० ओभरको प्रतियोगितामा दुई वटा समुहका उत्कृष्ट टिमबिच उपाधिका लागि प्रतिस्पर्धा हुने कोशी प्रादेशिक क्रिकेट सघका अध्यक्ष सर्वजितराज पाण्डेले वताउनुभयो । प्रतियोगिताको लागि अनुमानित खर्च १ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यो प्रतियोगिता नै कोशी प्रदेशमा पहिलो उमेर समूहको प्रतियोगिता रहेको कोशी प्रदेश प्रादेशिक क्रिकेट संघका सचिव टीकाराम पुरीले जानकारी दिनुभयो । नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष स्वर्गीय नरेश श्रेष्ठको स्मृतिमा सो प्रतियोगिता हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *