कृषि एक्स्पो–२०८१ कटहरीको कृषि वजारमा शुरु

कुमोद अधिकारी विराटनगर
२७ भदौ
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले,कृषिमा निजिक्षेत्रको लगानी आवश्यक रहेको वताउनु भएको छ ।
विराटनगर नजिक रहेको मोरङको कटहरी गाउपालिका–१ स्थित कृषि वजारमा आजदेखि शुरु भएको कृषि एक्स्पो–२०८१ को उद्घाटन कार्यक्रममा वोल्नुहुदै उहाले वैंक तथा वित्तिय संस्था मार्फत निजिक्षेत्रलाई कृषिमा लगानीगर्ने सहज वातावरण वनाउनुपर्ने उल्लेख गर्नुभयो ।
निजि तथा सहकारीहरुको अपेक्षा अनुरुप लगानी नहुदा कृषिको आधुनिकिकरण तथा व्यवसायी करणमा सोचेजस्तो लगानी हुन नसकेको मन्त्री अधिकारीको भनाई थियो ।
कृषिक्षेत्रको विकासका लागि आर्थिकवर्ष २०८१–०८२ देखि २०९१–०९२ को दशकलाई नेपाल सरकारले कृषि लगानी दशक घोषणा गरेको उहाले वताउनु भयो । लगानी दशक घोषणा गरेसंगै कृषिमा लागानी केहि वृद्धि हुदै गएकाले कृषिक्षेत्रको वजेट पनि वढाउदे लैजानुपर्ने उहाको भनाई थियो ।


नेपाली वजारमा दुध तथा दुग्धजन्य पदार्थको खपत नहुदा किसान तथा दुग्ध व्यवसायी मार्कामा परेको वताउदै मन्त्री अधिकारीले डिडिसि मार्फत दुग्ध किसानले पाउने दुधको भुक्तानी दशै अगावै किसानले पाउने वताउनुभयो ।
कार्यक्रमा कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले, कृषिमा आधुनिकिरण र व्यवसायिकरण आवश्यक रहेको वताउनुभयो ।
अहिलेको कृषि निर्वाह मुखिमात्र भएको उल्लेख गर्नुहुदै उहाले प्रदेस सरकारले आफनो निति तथा कर्यक्रम र वजेटमा निर्यातमुखि तथा औधोगिक कुषिलाई प्राथमिक्तामा राखेको वताउनुभयो ।
उहाले कृषि, पर्यटन तथा जलश्रोत क्षेत्रको विकासका लागि प्रदेस सरकारले चालु आर्थिकवर्षमा निजिक्षेत्रका सहयोगमा कोशी भ्रमणवर्ष तथा इलामा चिया सम्मेलन आयोजनागर्न लागेको जानकारी दिनुभयो
कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्कीले कृषिको आधुकिकिरण र व्यवसायिक करणमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने वताउनुभयो ।


कार्यक्रमा उधोग वाणिज्य महासंघ कोशी प्रदेसका अध्यक्ष एंव एक्सपो आयोजक संस्थाका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखि कृषिलाई आधुनिकिकरणगर्दै किसान र उधमीलाई एउटै मन्चमा ल्याउने उदेश्यले एक्स्पो आयोजना गरिएको वताउनुभयो ।
उद्घाटन कार्यक्रममा कटहरी गाउपालिकाका अध्यक्ष देवराज चौधरी, उधोग वाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष जोत्साना श्रेष्ठ, सहज परियोजनाकी टिम लिडर रिना श्रेष्ठले, कृषिको वजारीकरणमा आयोजना हुने यस्ता एक्स्पो उपयोगी हुने वताउनुभयो ।


आजदेखि चार दिन सम्म चल्ने सो एक्स्पोको मन्त्री अधिकारी तथा मुख्यमन्त्री कार्कीले सयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
एक्स्पोमा नेपाल र भारतका कृषि तथा औधिगिक उत्तपादनका १ सय ३५ वटा स्टलहरु रहेका छन । एक्स्पोमा नेपाल र भारतका १५ जना कृषि विज्ञहरुले सहभागिता जनाएका छन । उनिहरुले कृषि उत्तपादनका वारेमा किसानहरु संग छलफल गर्नेछन ।
उधोग वाणिज्य महासंघ कोशी प्रदेसको आयोजना तथा कोशी प्रदेस सरकार उधोग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका तथा कटहरी गाउपालिका र सहज परियोजनाको सहयोगमा एक्स्पो आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *