कांग्रेस र एमाले विचको गठवन्धन पुरा समय कायम हुनुपर्छ, नेता गच्छदार

कुमोद अधिकारी विराटनगर
७ भाद्र,
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मुलुकमा राजनितिक स्थाइत्वका लागि वनेको नेपाली कांग्रेस र नेकपा एमाले विचको गठवन्धन सफल्ता पुर्वक पुरा अवधि कायम हुनुपर्ने वताउनु भएको छ ।
विराटनगरमा पत्रकारहरुसंग कुरागर्दै उहाले दुवैपार्टी विच भएको सातवुदें सहमति पालना गर्दै यो गठवन्धनलाई २०८४ सालको आम निर्वाचन सम्म कायम राख्नुपर्ने वताउनुभयो ।
पुर्व उपप्रधानमन्त्री समेत रहनु भएका गच्छदारले विगतमा पटक पटक सरकार परिवर्तन हुने गरेका कारण राजनितिक स्थाइत्व कायम हुन नसकेकाले राजनितिक स्थाइत्व र मुलुकको विकासका लागि दुई ठुलादल विच गठवन्धन भएको प्रष्ट पार्नुभयो ।
कोरोनाकाल तथा भुकम्पले भन्दा पनि राजनितिक अस्थिरताका कारण मुलुकले हरेक क्षेत्रमा गति लिन नसकेको उहाको भनाई थियो उहाले दलहरुले राजनितिक स्वाथ भन्दा माथी उठेर समस्याको समाधान खोजे केहि वर्षमा मुलुकको हरेक क्षेत्रमा कायापलट हुने उहाको दावी थियो ।
एक प्रश्नमा उहाले राष्ट्रपति तथा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचन प्रणालीवाट हुनुपर्छ भन्ने मान्यतामा आफु सहमत नभएको वताउनुभयो । नेता गच्छदारले संविधानको मुलुभुत र आधारभुत कुरा कायम राखेर राजनितिक स्थाइत्वका लागि निर्वाचन प्रणालीमा केहि परिवर्तन गर्नुपर्ने वताउनुभयो ।
संविधानमा ठुलो परिवर्तन भन्दा पनि आवश्यक कुरामा सवैदलको सहमतिमा संविधान संशोधन हुनुपर्ने उहाको भनाई थियो संविधानमा समावेशी , समानुपातिक व्यवस्था हटाउने भन्ने विषयमा भ्रम फैलाउन खोजिदै छ, यो कुरा हल्ला मात्र हो, त्यसमा कुनै सत्यता छैन भन्नुहुदै त्यो विषयमा केहि परिमार्जन गर्न सकिन्छ तर समावेशी , समानुपातिक हटाउने कुरा संभव छैन उहाले भन्नुभयो ।
नेपालमा मात्र होइन भारतमा पनि संविधान संशोधन भएको उदारण दिनुहुदै नेपालमा पनि साना ठुला सवैदलको सहमतीमा चित्त नवुझेका विषयमा संविधान संशोधनगर्न सकिने उहाले वताउनुभयो
५२ वर्षको राजनितिमा ठुलो सघर्ष गरेर आफनो पनि हस्ताक्षरको १६ वुदें सहमतीको जगमा वनेको यो संविधानको रक्षागर्ने जिम्मेवारी आफनो पनि भएको उहाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *