कुमोद अधिकारी विराटनगर
७ भाद्र,
इस्कोन विराटनगरद्वारा जैन भवनमा भव्यरुपमा श्रीकृष्ण जन्माष्टमी महोत्सव आयोजना हुदै छ ।
इस्कोन विराटनगरले यहि भाद्र १० गते कृष्ण पक्ष अष्टमी तिथि सोमबारका दिन जैन भवन विराटनगरमा सो महोत्सव आयोजनागर्न लागेको हो । बिहान ८ बजेदेखि राति १२ बजेसम्म– श्रीकृष्ण जन्माष्टमी महामहोत्सव भव्य रुपमा आयोजना गर्ने तयारी गरेको छ
इस्कोनले हिजोसांझ विराटनगरमा पत्रकार सम्मेलनगरि सो महोत्सवमा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) को लागि मायापुरबाट इस्कोनको अन्तर्राष्ट्रिय ब्यबस्थापन समितिका (जी. बि. सि.) रिजनल सेक्रेटरी एवम् अन्तर्राष्ट्रिय गुरु श्री श्रीमद् महाविष्णु महाराजको उपस्थिति रहने जानाएको छ ।

इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादजीको शिष्य परमपुज्य महाविष्णु स्वामी महाराज यसपाली श्रीकृष्ण जन्माष्टमीमा पहिलोपटक विराटनगर आउन लाग्नु भएको हो । हजारौ भक्तजनहरूको सहभागिता हुने उक्त जन्माष्टमीको महोत्वसमा विभिन्न धार्मिक कार्यक्रम आयोजना हुने इस्कोन विराटनगर व्यवस्थापन समितिका सचिव भानुभक्त जोशीले वताउनुभयो ।
सो दिन श्री नरसिंह महायज्ञः भक्तिवेदान्त गुरुकुलका बाल ब्रह्मचारीहरूद्वारा वैदिक मन्त्रजाप सहितको यज्ञ आयोजना गरिनेछ । श्री कृष्ण लिला प्रवचनः बेलायतमा जन्मिनुभएका परमपूज्य श्री श्रीमद महाविष्णु महाराजद्वारा श्रीमद्भगवद्गीताको गहन अर्थ र भगवान श्रीकृष्णको जीवन दर्शनमा आधारित प्रवचन , अभिषेक तथा दर्शनः भगवान श्री राधाकृष्णको भव्य अभिषेक दिउसों र मध्यरातमा र भगवान् राधाकृष्णको दर्शनको अवसर तथा अन्तर्राष्ट्रिय टिमद्वारा प्रस्तुत भक्तिमूलक सांस्कृतिक कार्यक्रम साथै प्रसाद वितरणः बिहान ११ बजेदेखि सबै उपस्थित भक्तजनहरूका लागि (भण्डारा) प्रसाद वितरण हुने भएको छ ।

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) बिश्वप्रसिद्ध आध्यात्मिक संस्था हो । हाल इस्कोनका नेपालभरमा ५८ वटा आधिकारिक शाखाहरु देशका विभिन्न ठाउँमा विस्तार भएका छन ्। ती सम्पूणर् शाखाहरु नेपालमा बैदिक सनातन धर्मकर्मको सरंक्षण तथा प्रचारप्रसारमा सक्रिय रहेका छन् जसको फलस्वरुप इस्कोनको लोकप्रियता पनि बढ्दो क्रममा रहेको छ ।
बेलायतमा जन्मेका परमपूज्य महाविष्णु स्वामी महाराज संसारभरि हरिनाम संकीर्तन र वैदिक ग्रन्थहरूको प्रचारमा सक्रिय हुनुहुन्छ। इस्कोनका संस्थापक आचार्य श्रील प्रभुपादजीका प्रमुख शिष्य स्वामी महाराज श्रीकृष्ण जन्माष्टमीमा पहिलो पटक विराटनगर आउन लाग्नु भएको सचिव जोशीले वताउनुभयो ।