कुमोद अधिकारी माघ १५
विराटनगर । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार आजबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेपछि आजवाट उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू भएको हो ।
कोशी प्रदेस स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गर्नु भएको हो् ।
उहाले प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने वताउनुभयो । सचिव देवकोटाले निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिकको स्वास्थ्य चौकीमा उपचार गराउन लग्ने त्यहाँ उचार नभएपछि नजिकको अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएको अवस्थामा निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी तोकिएको अस्पतालमा उपचारका लागि आउनुपर्ने वताउनुभयो ।
निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकोटाले वताउनुभयो ।
निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले तोकेबमोजिमको अौषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेको छ ।
झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेको बालरोग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरिएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएर कार्यान्वयन गर्नु भएको हो ।