कोशीप्रदेश बाट सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित

११ माघ, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कोशीप्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बन्नुभएका सिटौलाले एमाले(राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर निर्वाचित हुनुभयो ।

सिटौलालाई प्रदेशसभातर्फ २३८५ मतभार प्राप्त भयो भने पौडेलले २४९१ मतभार पाउनुभयो । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार प्राप्त गर्नुभयो ।

सिटौलालाई कुल ५२९२ र पौडेलले ४५६२ मतभार प्राप्त भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *