विराटनगर, जेठ २
स्थानीयतह निर्वाचन भएर नयाँ जनप्रतिनिधि आएको एक वर्ष पुरा भएको छ । स्थानीय सरकारले जनस्तरमै सेवा प्रवाहको लागी भएका कामहरुको विभिन्न प्रकारले मुल्याङ्गन भइरहका छन । मोरङ्गको बुढीगंगा गाउँपालिकामा एक बर्षमा स्थानीय आवश्यकता लाई हेरेर धरै हदसम्म काम गरिएको गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगरले बताउनुभयो । आ.व २०७९÷८० मा गाउँपालिकाको समपुरक अनुदान,शसर्त अनुदान,स्थानीय राजश्व लगाएत बाट आम्दानी गरी रु ७६,९०,७३,४४७ बजेट रहेको छ । पालिकाले सबै वडामा गरि यस आ.व.मा उपभोक्ता समिति मार्फत १४० वटा कामहरु सञ्चालन गरेको छ भने ८ बटा ठुला योजनाका कामहरु ठेक्का प्रक्रियाबाट शुरु भएका छन । यसमा सडक कालोपत्रे,आधारभुत अस्पताल निमार्ण तथा खानेपानी आयोजनाका कामहरु रहेका छन । धरै काम सम्पन्न भएको र कतिपय कामहरु धमाधम भइरहको अध्यक्ष थापा मगरले बताउनु भयो ।
शिक्षा क्षेत्रमा यो वर्ष नरग्राम मा.वी.,लक्ष्मी मा.वी.र सरस्वती मा.वी.लाई नमुना विद्यालय बनाउन अंग्रेजी माध्यमबाट पठनपाठ शुरुगरी विद्यालयमा आवश्यक स्कुल बस ,लाइब्रेरी साथै अन्य आवश्यक सम्पुर्ण सामग्रीको ब्यवस्था गरीएको र आगामी आ.व.मा शिक्षा क्षेत्रको बजेट उल्लेख्य मात्रमा बढाउदै पालिकाको सबै विद्यालयमा एउटै पोषाकको ब्यवस्था साथै शिक्षा क्षेत्रका विज्ञहरु बाट शिक्षक लाई तालिमको ब्यवस्था तथा अनुशासन शिक्षकको समेत ब्यवस्था गर्ने अध्यक्षको भनाइ छ । बुढीगंगामा पिछडीएका ,विपन्न ,दलित घर परिवारको बसोवास धेरै रहेकोले शिक्षा र चेतनाको स्तर बढाउन शिक्षा लाई विशेष प्राथामिकता दिएको अध्यक्ष थापा मगरको भनाई छ ।

कृषि क्षेत्रमा रहेको विकृति अन्त्य गर्दै लगेको थापा मगरको भनाई छ । कृषकलाई वितरण गरीने अनुदान,मल,विउ, कृषि सामग्री संधै एकै किसानले पाँचौ,सातौ पटक सम्म लैजाने तर वास्तविक किसानले नपाउने अवस्था रहेकोले त्यसलाई समाधान गर्दै लगेको उहाँको भनाई छ । स्थानीय युवाहरुको लागी सिप विकासका विभिन्न कार्यक्रहरु सञ्चालन भइरहेको र त्यसले उपलब्धिहरु पनि देखिन थालेको अध्यक्ष थापा मगरले बताउनु भयो । गाउँपालिकाले स्थानीय वेराजगार यूवा तथा महिलाहरु लाई लक्षीत गरी सिपमुलक तालिम तथा अनुदानमा मेसीन,उपकरण,कृषी सामग्री हस्तान्तरण गरीएकोमा त्यसले उनीहरुलाई स्वरोजगार बनाएको अध्यक्ष थापा मगरले बताउनुभायो ।

विपद ब्यवस्थापन बिशेष प्राथामिकतामा छ ः प्रमुख प्रशासकीय अधिकृत भट्टराई
मनसुन शुरु भएसंगै हुने डुवान, आगलागी,हावाहुरी जस्ता विपदका घटनाको लागी बुढीगंगा गाउँपालिका तयारी अवस्थामा रहेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराइले बताउनु भयो । कोशी प्रदेश सरकार संग पनि हुन सक्ने जोखिमका बारेमा छलफल भइरहको र पालिकाले पनि यस बिषयमा काम गरिरहेको उहाँको भनाइ छ । हाल विपद जोखिम न्यूनिकरण तथा राहत उद्धारको लागी संविधानले संघ, प्रदेश र स्थानीय सरकार तीनै निकायलाई अधिकार दिएको छ । विपद्का घटना हुन नदिन सचेतना जगाउने तथा भइहाले सुरक्षा निकाय तथा स्थानीय संग समन्वय गरी काम गर्न तयारी अवस्थामा रहेको भट्टराइले बताउनुभयो ।