विराटनगरमा शान्तीपुर्ण सद्भाव ¥यालि आयोजना

कुमोद अधिकारी
१५ साउन,
विराटनगर । सामाजिक एंव धार्मिक सदभाव कायम गर्ने उदेश्यले विराटनगरमा आज शान्तीपुर्ण सद्भाव ¥यालि निकालियो ।
समाजिक एकता एंव आपसी सद्भाव कायम राख्ने सन्देसका साथ निस्केको ¥यालीमा विभिन्न राजनितिक दलका प्रतिनिधि, नागरिक समाज, हिन्दुतथा मस्लिम समाजका धार्मिक अगुवा, विभिन्न धार्मिक संघ संगठन, उधोगी व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।


विराटनगरको महेन्द्र चोकवाट निस्केको ¥याली ट्राफिक चौक, जलजला चौक, गोल्छामोड हुदै जिल्ला प्रसासन कार्यालयको मुल गेट अगाडी आएर टुंगिएको थियो । ¥यालीमा मोरङका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जल्ला अधिकारी राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायका प्रमुख हरुको सहभागिता रहेको थियो ।


जिल्ला प्रसासन कार्यालय मोरङका आयोजनामा हिजो विराटनगरमा वसेको सर्वपंक्षिय एंव सर्वदलिय वैठकले आज अपरान्द तिन वजे सद्भाव ¥याली निकाल्ने निणर्य गरेको थियो । सवैको निर्णय अनुसार आज सदभाव ¥याली आयोजना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *