पत्रकारहरुका लागि डिजिटल एंव साइवर सुरक्षा सम्वन्धि तालिम

कुमोद अधिकारी
२१ साउन,
विराटनगर । पत्रकारिता क्षेत्रलाई प्रविधिमैत्री वनाउन डिजिटल एंव साइवर सुरक्षा सम्वन्धि तालिम आजदेखि विराटनगर शुरु भएको छ ।
डिजिटल राईट्स नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा आयोजना गरिएको तालिममा मोरङका डेढदर्जन वढि पत्रकारहरुको सहभागिता रहेको छ ।
दुई दिनसम्म संचालन हुने तालिमको कोशी प्रदेसका आन्तरिक मामिलातथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाले पत्रकारिता क्षेत्रलाई प्रविधिमैत्री वनाउन प्रदेस सरकारले संचारमैत्री कानुन ल्याउन लागेको जानकारी दिनुभयो ।
कोशी प्रदेसको पत्रकारिताको क्षेत्रको विकासका लागि प्रदेस सरकारले प्रदेस आमसंचार प्रतिष्ठान गठनगरि संचालनमा ल्याएको उहाले जानकारी दिनुभयो ।


मुलुकको विकासका लागि पत्रकारिताक्षेत्रको विकास आवश्यक रहेकाले कोशी प्रदेसका पत्रकारहरुको समन्वय र सहकार्यमा प्रदेसमा संचारमैत्री कानुन ल्याउने उहाले प्रष्ट पार्नुभयो । नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्ष नितु पण्डितले समाजिकि सन्जालमा हुने प्रविधिको गलत प्रयोगका कारण भ्रामक र तथ्यहिन समाचारले पत्रकारिता पेशामा चुनौती थपिएकाले प्रविधिको सहि प्रयोगगर्न आग्रह गर्नुभयो । अहिलेको अवस्थामा पत्रकारिता क्षेत्रले निकै समस्या भोग्नु परिरहेको चर्चागर्दै पत्रकारहरुको व्यावसायिक हित र विकासका लागि प्रदेस सरकारले ध्यान दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
डिजिटल राईट्स नेपालका कार्यकारी निर्देशक सन्तेष सिग्देलले डिजिटल मिडियालाई व्यवस्थित एंव प्रभावकारी वनाउन तालिम आयोजना गरिएको प्रष्ट पार्नुभयो ।


नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेस उपाध्यक्ष कुमोद अधिकारी , नेपाल पत्रकार महासंघ कोशी प्रदेसका संस्थापक अध्यक्ष विक्रम लुइटेल, नेपाल पत्रकार महासंघ मोरङ उपाध्यक्ष सन्तोष सिग्देल तथा नेपाल पत्रकार महासंघ मोरङका सचिव नेत्रपी अधिकारीले तालिमको महत्वमाथी प्रकाश पार्नु भएको थियो ।
तालिमको नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष नितु पण्डित, संसथाका निर्देशक सन्तोष सिग्देल, संस्थाका सदिक्षा सिलवाल तथा सनजिना क्षेत्रीले सहजिकरण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *