चलचित्र पत्रकार संघ मोरङमा नया कार्यसमिति सर्वसम्मत चयन

कुमोद अधिकारी
५ चैत,
विराटनगर । चलचित्र पत्रकार संघ नेपाल मोरङको अध्यक्षमा प्रेम देवान पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका छन् । विराटनगरमा बिहीबार सम्पन्न संघको दोस्रो अधिवेशनले देवानको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा हुसेन सेख, अनुज सापकोटा र पवन साह चयन भएका छन् । सचिवमा सन्तोष बास्तोला, सह–सचिवमा सरिता कर्मकार र अफताव अली तथा कोषाध्यक्षमा कपलेस यादव चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सुभाष भण्डारी, दिपेन्द्र साह, नम्रता न्यौपाने, मिना श्रेष्ठ, जुगेस दास, सोनु शर्मा, दीक्षा राजवंशी, शिव शंकर यादव र आस्मा राठी रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईरालाले चलचित्र पत्रकारिताले समाजमा सही सूचना प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पत्रकारहरूको पेशागत मर्यादा र जिम्मेवारी अझ सुदृढ बनाउन आग्रह गरे। उनले स्थानीय तहबाट पनि सञ्चारकर्मीहरूको क्षमता विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नव–निर्वाचित अध्यक्ष देवानले आफूलाई पुनः जिम्मेवारी दिएकोमा सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा संघलाई अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका ईन्चार्ज नरेन्द्र बस्नेत , नेपाल पत्रकार महासंघकी मोरङ अध्यक्ष शुशिला पाठक , युवा नेता तथा समाजसेवी वसिम आलम, अभिषेक गिरी लगायत पत्रकार संगठनका अध्यक्षहरुले शुभकामना दिनु भएको थियो । कार्यक्रममा विराटनगरका कलाकार पारस थापा र ईशाक रैनले आ आफ्नो प्रस्तुति गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *