उद्योग संगठन मोरङले घर निर्माण सम्वन्धी प्रदर्शनी २०८२ आयोजना गर्ने

कुमोद अधिकारी
५ चैत
विराटनगर । उद्योग संगठन मोरङले कोशी प्रदेसमा पहिलो पटक घर निर्माण प्रदर्शनी २०८२ (सिआईएम होम बिल्ड एक्जिबेसन) आयोजना गर्ने भएको छ ।
उद्योग संगठनले विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रवद्र्धन गर्दे निर्माण व्यवसाय क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ ।
चैत–१२ गते देखि १६ गतेसम्म विराटनगर स्थित जैनभवनमा आयोजना हुने प्रदर्शनीले निर्माण क्षेत्रका नेपाली औद्योगिक उत्पादन तथा सेवाहरुको प्रवद्र्धन, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अभिप्राय रहेको उधोग संगठन मोरङका अध्यक्ष नन्दकिसोर राठीले जानकारी दिनुभयो ।
घर निर्माण सँग सम्बन्धी कच्चा पदार्थदेखि लिएर आन्तरीक सजावटका सामाग्रीसम्मका विविध उत्पादन तथा सेवाहरु प्रदर्शनमा राखिनेछ । प्रदर्शनीको माध्यमबाट निर्माण मूल्य श्रृङखलामा संलग्न उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति निर्माता र उपभोक्ता लगायतका सबै सरोकारवालाहरुलाई एउटै छानामुनि एकत्रित गरेर सहकार्यको वातावरण निर्माण गर्नेछ
प्रदर्शनीले नवप्रवर्तनको प्रदर्शन, नयाँ साझेदारी निर्माण तथा बजार सञ्जाल बिस्तारमा महत्वपूर्ण योगदान पु¥याउने घर निर्माण प्रदर्शनी २०८२ का संयोजक सुरेन्द्र गोल्छाले बताउनु भयो ।
अध्यक्ष राठीले प्रदर्शनीले सुरक्षित घर, स्मार्ट जीवनको अवधारणलाई व्यवहारमा रुपान्तरण गर्दे नेपाली निर्माण क्षेत्रलाई दिगो, आधुनिकरण प्रतिस्पर्धात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।प्रदर्शनीमा ७५ वटा भन्दा बढी स्टल रहनेछ ।
प्रदर्शनी अवधिभर प्रत्येक दिन २ घण्टाको विशेष सत्रहरु संचालन गरिनेछ भने सत्रहरुमा वाटरप्रुफिङ तथा भवन उपचार, सोलार होम प्रणाली, स्मार्ट हाउस अवधारणा, वातावरमैत्री निर्माण प्रवृत्ति, धमिरा नियन्त्रण समाधान, आधुनिक मोड्युलर किनच प्रविधि तथा भूकम्प प्रतिरोध, आगो सुरक्षा र किचन सुरक्षा अभ्यास जस्ता बिषयमा विशेषज्ञहरुदारा प्रस्तुती र छलफल हुनेछ । प्रदर्शनी सम्पन्न गर्न ३० देखि ४० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *