कुमोद अधिकारी
पुस, २०
विराटनगर । नागरिकलाई दिइने सेवाप्रभा थप प्रभावकारी वनाउदे सुशासन कायम गर्ने उदेश्यले विराटनगारमा आज मालपोत तथा नापी कार्यालयका प्रमुखहरुको प्रदेस स्तरिय गोष्ठी आयोजना गरिएको छ ।
आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी प्रदेसको आयोजनामा भएको गोष्ठिमा कोशी प्रदेसका १४ वटै जिल्लाका मालपोत तथा नापी कार्यालयका गरि ५२ वटा कार्यालयका प्रमुख हरुको सहभागिता थियो ।
एक दिने गोष्ठिमा भुमि व्यवस्था तथा जग्गा माप नक्साकंन सम्वन्धि प्रादेसिक निति , कार्यालयहरुलाई थप व्यवस्थित वनाउदै सेवाप्रभालाई मर्यादित एंव पारदर्शी वनाउने विषयमा छलफल भएको थियो ।
सो क्रममा कार्यालय प्रमुखहरुले कार्यालयले दिने सेवाप्रभा तथा आवश्यक कर्मचारी नहुदा सेवाप्रभामा आउने समस्याको वारेमा जानकारी गराएका थिए ।
गोष्ठिको उद्घाटन गर्नुहुदै आन्तरिक मामिलातथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सुशासन कायमगर्न नागरिक मैत्री व्यवहार तथा नागरिक मैत्री सेवा आवश्यक रहेकोमा जोड दिनुभयो ।

मालपोत तथा नापी कार्यालयमा सेवा लिन आउन सेवाग्रहीहरुले अझैपनि सहज रुपले सेवा पाउन नसकिरहेको गुनासो गरिरहेको अवस्थामा राजश्व चुहावटलाई नियन्त्रणगर्दै सेवाप्रभा सहज वनाउनु पर्ने उहाले वताउनुभयो ।
मन्त्री भण्डारीले प्रदेसमा रहेका मालपोत तथा नापी कार्यालयलाई व्यवस्थित वनाउन प्रदेस सरकाले वजेट उपलव्ध गराएर् सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव नारायणप्रसाद रिसालले नागरिकलाई केन्द्रविन्दुमा राखेर सेवाप्रभा गर्नुपर्ने वताउनुभयो । मन्त्रालयका प्रसासन महासाखा प्रमुख अर्जुन निरौलाले भुमिव्यवस्था सम्वन्धि प्रादिेसिक नितिको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।