कुमोद अधिकारी
९ पुष,
विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले फागुन–२१ ग्तेको निर्वाचन तोकिएकै मितिमा हुने वताउनु भएको छ ।
विराटनगरमा आज देखि शुरु भएको विराट ट्रेडएक्स्पो–२०२५ को उद्घाट्न गर्नुहुदौ उहाले निर्वाचका लागि तयारी अघि वढिसकेकाले तोकिएकै मितिमा निर्वाचन हुने कुरामा ढुक्क रहन सवैलाई आग्रह गर्नुभयो ।
निर्धारित मितिमा निर्वाचन हुदैनकि भन्ने आशंखा केहि व्येक्ति तथा राजनितिक दलहरुमा समेत रहेकाले त्यस्तो आशंखा नर्गन उहाले आग्रह गर्नुभयो ।
शान्तीपुर्ण एंव भयरहित वातवारणमा निर्वाचन सम्पन्नगर्न सरकार कटिवद्ध रहेकाले निर्धक भएर निर्वाचनमा भागलिन दलहरुलाई उहाले आग्रह गर्नुभयो । कसैलाई पनि राजनितिक अवसरवाट वुिन्चत नगर्न र निषपच्छ निर्वाचन गरउने दायित्व सरकारको रहेको उहाले वताउनुभयो । निर्वाचनका लागि सुरक्षा सयन्त्रको आवश्यकता अनुसार सरकारले वजेट छुटयाई सकेको उहाको भनाई थियो ।

उहाले लोकतन्त्रमा अध्यादेशवाट शासन चलाउने कुरा घातक हुने भएकाले यो सरकार लोकतन्त्रिक मुल्यमान्यता अनुसार सरकार अघि वढेको प्रष्ट पार्नुभयो । वर्तमान सरकार गठन भएपछि आर्थिक क्षेत्रमा महत्पवुर्ण सुधारका काम हरु भएको उहाको भनाई थियो ।उहाले निजिक्षेत्रलाई शंकाको घेरामा राखेर नभई उनिहरु प्रति विश्वास गरेर काम गर्नुपर्ने वताउनुभयो । उहाले संघियतलाई वलियो वनाउन केन्द्रमा रहेको शक्ति र अधिकारलाई प्रदेस र स्थानियतहमा हस्तान्तरण गर्नुपर्ने वताउनुभयो ।
मन्त्री खनालले वर्तमान सरकारको प्रमुख एजेन्डा सुशासन र भ्रष्टाचार नियन्त्रण रहेको वताउदै यो अवधिमा भ्रष्टाचारका मुद्धाहरुमा देखिएको प्रगतिले पनि त्यसलाई प्रष्ट पारेको वताउनुभयो

कार्यक्रममा कोशी प्रदेसका वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उधोग वाण्ज्यि महासंघका केन्द्रिइ सदस्य नविन रिजाल, मोरङ उधोग व्यापार संघका अध्यक्ष अनुपम राठी तथा विराट एक्स्पोका संयोजक अमित सारडाले मुलुकको आर्थिक विकासमा निजिक्षेत्रको भुमिका विषयमा चर्चा गर्नु भएको थियो ।
पुष–१९ गते सम्म संचालन हुने सो एक्सोमा नेपाल भारत, वंगलादेश तथा पाकिस्तानगरि चार देशको २ सय ३० वटा स्टलहरु रहेको छन । एक्स्पोको अवधिभर दुई लाख वढिले अवलोकनगर्ने आयोजकले जनाएको छ ।