कुमोद अधिकारी
७ पुष,
विराटनगर । गहु तथा मकैवाली लगाउने यो सिजनमा कोशी प्रदेसमा युरियामलको अभाव नरहेको कृषि समाग्री कम्पनी लिमिटेड कोशी प्रदेस कार्यालय विराटनगरले जनाएको छ ।
सम्झौता अनुसार आवश्यक युरिया मल आई रहेको सो अनुसार विक्रि वितरण भइरहेकाले पनि मलको अभाव नभचएको कार्यालयले जनाएको छ । गतवर्ष भन्दा यो वर्ष वढि परिमाणमा युरियामल प्राप्त भएकाले सहज रुपले किसानहरुले युरियामल पाई रहेको कार्यालयका निमित्त प्रमुख कमल पोखरेलले वताउनुभयो ।
मंसिरको पहिलो साता देखि पुष महिनाको पहिलो साता सम्मको एक महिनाको अवधिका कोशी प्रदेसमा सो कार्यालयले १६ हजार ६ सय ५३ मेट्रिकटन युरियामल आर्ई सकेको र सो मल अहिले स्थानिय तहका डिलर मार्फत विक्रि वितरण भइरहेको छ
कार्यालयमा सम्झौता अनुसार विभिन्न कम्पनी मार्फत आएको युरियामल विगत एक महिनामा तिनपटक मल विक्रेता डिलरहरुलाई विक्रि वितरण गरि सकेको र यसै महिना भित्र अरु थप युरियामल आउने तयारीमा रहेका कार्यालय प्रमुख पोखरेलले वताउनुभयो । कोशी प्रदेसका १४ जिल्ला मध्यो सोलुखोम्वु जिल्ला वाहेक सवै जिल्लाका डिलरहरुले सो कार्यालय वाट मल लैजाने गरेका छन ।

गतवर्षकोको मंसिर देखि पुष महिना सम्मको एक महिनाको यो सिजनको अवधिमा कार्यालयलाई ५ हजार ८ सय ५ मेट्रिकटन मात्र युरियामल प्राप्त भएको थियो । यसपटक गतवर्षको भन्दा तिन गुणा वढि मल प्राप्त भएकाले पनि युरिया मलको विक्रि वितरण सहज भएको कार्यालय प्रमुख पोखरेलको भनाई छ ।
सम्झौता अनुसार नेपाल सरकार अन्तर्गत संघिय कृषि सामाग्री कम्पनीले खरिद गरेको मध्ये २० दशमल ५६ प्रतिशत यरियामल कोशी प्रदेसका लागि छुटयाइने गरेको सो कार्यालयले जनाएको छ । त्यस्तै सो कार्यालयले विगत एक महिनाको अवधिमा कोशी प्रदेसमा ४ हजार ७ सय २ मेट्रिक टन डिएपी विक्रि गरेको जनाएको छ ।
विगतका वर्षमा जस्तै यो सिजनमा युरियामलको खासै अभाव नभएपनि डिएपीमलको भने अभाव हुने गरेको किसानहरुको भनाई छ । किसानहरुले मकै वाली लगाउदा ठुलो परिमाणमा युरिया तथा डिएपीमलको प्रयोग गर्ने गरेकाले पनि मलको समस्या हुने गरेको कार्यालयले जनाएको छ । किसान हरुले गहु वालीमा युरियामलको प्रयोग गरेपनि मकैवालीमा भने युरियातथा डिएपी दुवैमलको प्रयोग गर्ने गरेका छन ।