विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो

कुमोद अधिकारी
२३ मङसिर
विराटनगर – जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ्ग विराटनगरले‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि) एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ ।
केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको कार्यालय प्रमुख डा राम प्रवोध चौधरीले जानकारी दिनुभयो ।
बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरे अनुरुप सो केन्द्र बाट मोरङ्गको विराटनगरका वालवालिकालाई खुवाईएको डा चौधरीले बताउनुभयो ।
उहाँका अनुसार यस केन्द्रले शुरुमा १६० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको थियो । दोश्रो स्वर्णविन्दू प्राशन गर्ने बालवालिकाको सङख्या ३४१ पुगेको आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख चौधरीले बताउनुभयो । नयाँ १८१ जना बालबालिकाले स्वर्णविन्दु सेवन गरेको र पुनरावृत बालबालिकाको संख्या १६० गरि कुल ३४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *