सुनसरीबाट लागू औषध ब्राउन सगुर सहित ७ जना पक्राउ

विराटनगर असार १४
सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान( ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान( १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *