विराटनगर – विराटनगरमा बिहे घरमा नाच्दै गर्दा करेन्ट लागेर शनिबार राति एक किशोरको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो । उहाँका अनुसार कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा बिहानका राति १स्३० बजेतिर अमितलाई करेन्ट लागेको थियो ।
नाच्दा नाच्दै अचानक डिजेको तारमा लडेका उनलाई त्यहीँ करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते भएका अमितलाई बिहे घरमा भेला भएकाहरुले उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।
प्रहरीका अनुसार अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।