मोरङ धनपालथान मा ५ वर्षीया नाबालिका मृत फेला , हत्या भएको आशंका

मोरङ धनपालथान गाउँपालिका ६ की ५ वर्षीया नाबालिका शनिबार बिहान मृत अवस्थामा फेला परेकी छन ।

बिहान ३ बजेसम्म आमाबाबुसँगै निदाइरहेकी छोरी बिछ्यौनाबाटै बेपत्ता भएपछि आत्तिएका बुबाआमाले छोरीको खोजीमा होहल्ला गर्दै खोज्न थालेका थिए । सुतेका छिमेकीहरु पनि उठेर नाबालिकाको खोजी जुटे । उनीले प्रहरीलाई बिहान ५ बजेतिर मात्र खबर गरेका थिए । खोजीका क्रममा घरभन्दा झण्डै सय मिटर टाढा दुरीमा ५ वर्षीया आत्तिका सरदार मृत अवस्थामा फेला परिन ।

शरीरका विभिन्न भागमा चोटैचोट भएको अवस्थामा आत्तिका मृत फेला परेकी हुन् । ‘बिहान ३ बजेसम्म बुबाआमासँग सुतिरहेकी बालिका गायब भएकी रहेछिन्’ मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले भन्नुभयो ‘बिहान शव फेला पर्यो । उनको हत्या भएको देखिन्छ ।’ बबिया टोलका बासिन्दा अक्षयकी छोरी उनको कसले र किन हत्या गर्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा एकजनालाई नियन्त्रणमा पनि लिएको छ । नाबालिकाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको अनुहार घाँटीलगायत शरीरका विभिन्न भागमा चोट छ । प्रहरीले पोस्टमार्टम पछि थप कुरा खुल्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *