कुमोद अधिकारी विराटनगर
२९ जेठ,
शैलजा आचार्यको निष्ठा र त्यागको राजनिनिति वर्तमान सन्र्धभमा उत्तिकै आवश्यक भएकाले त्यसलाई दलहरुले आत्मसात गर्नुपनेमा कार्यक्रमका सहभागिहरुले जोड दिएका छन ।
कृष्णप्रसाद कोइराला सेवा गुठी तथा शैलजा आचार्य स्मृती पोलिटेक्निकका संस्थापक शैलजा आचार्यको १६ औं स्मृती दिवसको अवसरमा मोरङ जहदा स्थित सेवागुठीमा आज आयोजित कार्यक्रममा शैलजा आचार्यको शालिन विचार र आर्दसलाई आत्मसाथ गर्दै दलहरु अघि वढनुपर्ने सहभागिहरुले जोड दिनुभयो ।
कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव मोरङ क्षेत्रन ५ का प्रदेससभा सदस्य अमृत अर्यालले, शैलना आचार्यको प्रेरणावाट आफु राजनितिमा लागेको भन्नुहुदै उहाले स्थापना गर्नु भएको प्राविधिक शिक्षालयका कारण गरिव तथा विपन्न समुदायलाई उच्च शिक्षा हशिलगर्न सहज भएको वताउनुभयो ।

पुर्व मेची देखि महाकाली सम्मका विद्र्याथीहरु अध्यनरत प्राविधिक शिक्षालय वजेट अभावका कारण संचालनमा कठिनाई हुने गरेकाले विद्यालय संचालनमा स्थानिय, प्रदेस तथा संघिय सरकारको ध्यान जानु आवश्यक रहेको उहाले वताउनुभयोे ।
नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य गुरुराज घिमिरेले, नेपालमा प्रजतन्त्र स्थापनका लागि शेलजा आचार्यले खेल्नु भएको भुमिकाको चर्चा गर्नुहुदै मुलुकको आर्थिक समाजिक तथा सिक्षा क्षेत्रमा उहाले पु¥याउनु भएको योगदानलाई विर्सन नसकिने वताउनुभयोा ।
कोशी प्रदेस सभा सदस्य गयानन्द मण्डलले, मुलुको उपप्रधान मन्त्री तथा मन्त्री पद्धको जिम्मेवारी सम्हालनु भएको वेला शेलजा आचार्यको दिर्घकालिन सोचका कारण मुलुक विकासको पथमा अघि वढेको वताउनुभयो ।
पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारीले नेपालमा प्रजातन्त्र स्थापनका लागि योगदान पु¥याउने व्येक्तिको नाममा स्थापना भएको यस्ता संस्था संचालनमा राज्यले सहयोग पु¥याउनु आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा जहदा गाउपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह तथा धनपालथान गाउपालिकाका अध्यक्ष जिवछ गच्छदारले शैलजा आचार्यले स्थापना गनु भएको पोलिटेक्निक संचालन तथा जेहन्दार विद्र्याथीहरुको छात्रवृतिका लागि पालिकाले प्रत्येकवर्ष वजेट छुटयाएर सहयोग गर्दै आएको वताउनुयो ।

कार्यक्रमा पोलिटेक्निकका संचालक निता आचार्य तथा विद्यालयका प्रिन्सिपल सन्तवहादुर अधिकारीले, प्राविधिक शिक्षालयको गतिविधीको वारेमा चर्चा गर्नु भएको थियो ।
शेलजा आचार्य पोलिटेक्निका अधिकृत भुपाल गिरीले कायक्रम संचालन गर्नु भएको थियो ।