कुमोद अधिकारी विराटनगर
२८ जेठ, खानेपानी मन्त्री प्रदिपकुमार यादवले, आम नागरिकलाई नियमित रुपमा शुद्ध तथा गुणस्तरिय खानेपानी उपलव्ध गराउन सरकार प्रतिवद्ध रहको वताउनु भएको छ ।
विराटनगर–१४ स्थित जतुवा खानेपानी सरसफाई आयोजना हस्तान्तरण कार्यक्रममा वोल्नुहुदै उहाले नेपाल सरकारले यसैवर्ष भित्र ५७ प्रतिशत नागरिकमा शुद्ध तथा सय प्रतिशत नागरिकमा आधारभुत खानेपानी पु¥याउने लक्ष्य अनुसार काम गरिरहेको वताउनुभयो ।
मुलुक संघिय संरचनामा गए अनुसार नेपाल सरकारले एक घर एकधारा जडान अभियान शुरु गरेको बताउदै बजेट र पैसाको अभावमा अव कुनैपनि योजना नरोकिने बताउनुभयो । अहिले पनी नागरिकलाई खानेपानी उपलव्ध गराउने कतिपय स्थानिय तहले चापाकल जडान गदै आएको त्यस्तो चापाकल बाट प्रयोग हुने पानीमा आर्र्सनिकको मात्रा देखिएको र त्यो स्वास्थयका लागि गंभिर हानिकारक भएकाले नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराउन डिप टुवेल जडान गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
मन्त्री यादवले कोशी प्रदेशमा निमार्णधिन अवस्थमाा रहेको तथा निमार्ण भएका खानेपानीको ओभरहेड टंकी प्रयोग विहिन अवस्थामा रहेकाले आगमाी एकवर्ष भित्र त्यस्ता सवै ओभरहेड टंकी संचालनमा ल्याउने जानकारी दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी , सिचाई तथा उर्जामन्त्री एकराज कार्कीले, आवश्यकता भन्दापनि पहुचको आधारमा विकास निमार्णका योजनाहरु वन्ने गरेकाले त्यस्ता विकास निमार्णका योजनाहरु प्रभावकारी नहुने र त्यस्ले पुर्णता नपाउने बताउनुभयो ।

कोशी प्रदेब प्रदेबसभा सदस्य अमृत अर्याल तथा गितारानी महत्तले अधुरा रहेको खानेपानी योजनाहरु चाडै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेसका पुर्वमन्त्री जयराम यादवल,े हस्तान्तरणमा आएको जतुवामा खानेपानी योजनालाई पुर्ण रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा जतुवा खानेपानी आयोजना उपभोक्ता समुहका अध्यक्ष विरेन्द्र यादवले खानेपानी आयोजना संचालनमा जोड दिनुभयो । उक्त अवसमार सो आयोजना एक कार्यमक्रका विच नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ । स्थानिय उपभोक्ता समुहद्धारा २०६५ सालमा निमार्ण शुरु भएको सो खानेपानी आयोजना अहिले सम्मपनि पुर्ण रुपमा संचालनमा आउन नसकेपछि नेपाल खानेपानी संस्थानलाइृ हस्तान्तरण गरिएको हो । अबको एकवर्ष भित्र सो आयोजना पुर्ण रुपमा संचालनमा आउने सो आयोजनाले दैीनक १७ लाख लिटर पानी उत्पादन गर्ने तथा सो वडा सहित आसपासका वडाका ६ हजार बढि जनशख्यालाई खानेपानी पु¥याउने र ५ हजार घर धुरीमा थप नया धारा जडान गर्ने मन्त्री यादवले सो अवसरमा जानकारी गराउनुभयो ।