अहिलेको आवश्यकता र राष्ट्रहितका निम्ति संसद सुचारु आवश्यक थियो , अध्यक्ष प्रचण्ड

कुमोद अधिकारी विराटनगर
३१ जेठ,
नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले, अहिलेको आवश्यकता र राष्ट्रहितका निम्ति संसद सुचारुगर्ने विषयमा पार्टी सहमत भएको वताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरागर्दै उहाले, संघिय निजामती तथा सिक्षा सम्वन्धि ऐन लगायत विभिन्न ऐन कानुनलाई अन्तिम रुपम दिनपनि संसद सुचारु आवश्यक भएको वताउनुभयो ।
लामो समय संसद अवरुद्ध हुदा मुलुकमा राजनितिक अन्यौल सृजना हुने गरेकाले पनि मुलुकको आवश्यकता अनुसार संसद सुचारु गर्न आफनो पार्टी सहमत भएको उहाले प्रष्ट पार्नुभयो
एक प्रश्नमा देश र जनताको हितका निम्ति कहिले अघि वढनुपर्ने र कहिले पछि हटनु पर्ने अवस्था आउने भएकाले आफुले एक कदम पछि हटेर भएपनि संसद सुचारुगर्न दुई वुदे सहमति गरेकाले यस विषयमा आफुलाई जसले जे भने पनि फरक नपर्ने वताउनुभयो । विगतको परम्परा अनुसार दलहरु विच सहभती भएर संसद सुचारु भएको उहाले प्रष्ट पार्नुभयो ।
भिजिट भिसा प्रकरण छानविनका लागि एक महिना भित्र समिति वनाएर छानविन गर्दै सत्यतथ्य कुरा वाहिर ल्याउने विषयमा भएको दुई वुदे सहमती कार्यान्वयन हुनेमा आफु ढुक्क रहेको उहाले वताउनुभयो ।
यो विषयमा अहिलेको गृहमन्त्रीको नाम जोडिएर जुन कुराहरु वाहिर आएको छ , अहिलेको गृहमन्त्री संग मात्र होइन यो विषय धेरै पहले देखि कुरा उठेकाले यस विषयमा गंभिर छानविन हुनु आवश्यक रहेको उहाले वताउनुभयो ।
अध्यक्ष दाहालले संसद सुचारु गर्नका लागी आफनो पार्टीले सरकारमा जानका लागि नभएको प्रष्ट पार्दै आफनो पार्टी अहिले सरकारमा नजाने वताउनुभयो । एक अर्को प्रश्नमा उहाले संसद सुचारुका लागि भएको सहमती अग्नीप्रसाद सापकोटाको विषयमा पार्टीले वार्गेनिङ गर्न खोजेको कुरा विल्कुलै ओयात र कपोकल्पित भएको र यसमा कुनै सत्यता नभएको प्रष्ट पार्नुभयो । जर्नादन सर्मालाई आफुले अर्को पार्टी खोल्न कहिले नभनेको उहाको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *