मोरङ जिल्लामा ६१ हजार १ सय किशोरीलाई एचपिभि खोप लगाइने ,

कुमोद अधिकारी विराटनगर
२० माघ,
नेपाल सरकारको राष्ट्रीय अभियान अन्र्तगत मोरङ जिल्लामा ६१ ह्जार वढि किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने लक्ष्य अनुसार तयारी गरिएको छ ।
स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा आयोजना गरेको अभीमुखिकरण कार्यक्रममा, १० वर्षदेखि १४ वर्ष उमेर समुहका विभिन्न् विद्यालयमा अध्यनरत कक्षा–६ देखि कक्षा–१० सम्मका ५० हजार ५ सय ९७ तथा विद्यालय वाहिर रहेका १० हजार ५ सय १० गरि कुल ६१ ह्जार १ सय ७ किशोरी लाई यो खोप लगाउने लक्ष्य अनुसार तयारी गरिएको जानकारी गराइयो ।
जिल्लाका एक महानगरपालिका सहित १७ वटै स्थानियतहमा माघ–२३ गते देखि फागुन–१ गतेसम्म चरणवद्ध रुपमा यो अभियान संचालन हुन लागेको स्वास्थ्य कार्यालयका प्रमुख मुलुकचन्द राजवंशीले वताउनुभयो ।
उहाका अनुसार, अभियान संचालनका लागि जिल्लाका विद्यालयमा तथा विद्यालय वाहिर समुदायमा साथै स्वास्थ्य संस्थामा गरि ८ सय ५४ वटा खोपकेन्द्र संचालनमा आउने छन । त्यसैगरि अभियान संचालनका लागि खोपकेन्द्रमा २५ सय वढि स्वास्थ्यकर्मी तथा स्वयंसेवक परिचालन हुने छन । खोप लगाउने अन्तिम दिन फागुन–१ गते जिल्लाका सवै स्वास्थ्यकेन्द्र तथा स्वास्थ्यसंस्थामा खोपकेन्द्र संचालनमा आउने सो अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा वोल्नुहुदै जिल्ला खोप समन्वय समितिका अध्यक्ष एंव जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले नेपाल सरकारको महा–अभियान अन्तर्गत संचालन हुन लागेको खोप अभियानमा खोप लगाउन वाट कोइपनि वन्चित हुन नहुने वताउनुभयो ।
समुदाय स्तरमा संचालन हुन लागेको क्यान्सर विरुद्धको यो खोप पुर्ण रुपले सुरक्षित रहेकाले तोकिएका उमेर समुहका सवै किशोरीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन उहाले आग्रह गर्नुभयो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले खोपकेन्द्रमा सहज रुपले खोप लगाउने वातावरण तयारगर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख उषा झा, नेपाल पत्रकार महासंघ मोरङ सभापति सुशिला पाठक लगायतले खोपको महत्वमाथी प्रकाश पार्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *