कुमोद अधिकारी विराटनगर
२६ माघ,
कोशी प्रदेसका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल स्काउटले,व्येक्तित्वको विकाससंगै असल नागरिक भएर मुलुकको सेवामा समर्पित भएर काम गरि रहेको वताउनु भएको छ ।
कोशी प्रदेस स्तरिय विराटनगमा आज देखि शुरु भएको स्काउटको भेलालाई संवोधन गर्नुहुदै उहाले केहि स्वार्थी समुहले समाजलाई गलत वाटोमा लैजाने दुष प्रयास गरिरहेकाले त्यस्का विरुद्ध नेपाल स्काउटले आफनो भुमिका निर्वाह गर्नुपर्ने वताउनुभयो ।
मुख्यमन्त्री कार्कीले नेपालमा आउने गरेको प्राकृतिक विप्पतीमा तथा कोरोनाको महामारीका नेपाल स्काउटले खेलेको भुमिका महत्वपुण रहेको चर्चा गर्नुहुदै समाज र राष्ट्रलाई सहि वाटोमा लैजाने स्काउटले असल नागरिक उत्तपादनमा जोड दिनुपर्ने वताउनुभयो ।
संविधानमा उल्लेख भए अनुसार असल र सुयोग्य नागरिक वनाउने परिकल्पनालाई पुरा गर्न स्काउटले साधकको रुपमा काम गनुपर्ने उहाको भनाई थियो ।
कोशी प्रदेसका १ सय ३७ वटा पालिकाका ११ सय ३७ वटा वर्डा तथा सवै विद्यालयहरुमा नेपाल स्काउटको विस्तार हुनु आवश्यक रहेको उहाको भनाई थियो ।
नेपाल स्काउट एउटा प्रवित्र समाजसेवामा सक्रिय संस्था भएकाले यो संस्थालाई कुनै प्रकारको राजनितिक स्वार्थवाट जोड्न नहुने उहाले वताउनुभयो ।
सो अवसरमा वोल्नुहुदै कोशी प्रदेसका समाजिका विकासमन्त्री पाचकर्ण राईले असल मान्छे नभए सम्म असल समाज निमार्ण नहुने भएकाले समाजको सामाजिक आर्थिक र वौद्धिक विकासमा नेपाल स्काउट केन्द्रित हनुपर्ने वताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिका उप–मेयर शिल्पा निराला कार्की, समाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले नेपाल स्काउटको महत्वमाथी चर्चा गर्नु भएको थियो ।
तिन दिन सम्म चल्ने सो भेलामा कोशी प्रदेसका ६७ वटा पालिका तथा विभिन्न विद्यालयका २५ सय स्काउट विद्र्याथीहरुको सहभागिता छ । सो भेलामा स्काउट सम्वन्धि विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।