कुमोद अधिकारी विराटनगर
१९ माघ,
अम्वे मुरारीसेवा केन्द्रले विराटनगरमा आयोजना गरेको उद्घोषण सम्वन्धि तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा सेवाकेन्द्रले विराटनगर–८ मा आयोजना गरेको सो तालिममा २५ जना युवायुवतीको सहभागिता थियो । पाच दिनसम्म चलेको सो तालिमका सहभागिहरुलाई आज एक कार्यक्रमका विच प्रमाणपत्र वितरण गरियो ।
सहभागिहरुलाई नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष कुमोद अधिकारी, वरिष्ठ समाजसेवी गणेश पोखरेल, सो वर्डाका वर्डा सदस्य भुवन राजवंसी तथा संस्थाकि अध्यक्ष भारती पोखरेलले प्रमाणपत्र वितरण गर्नु भएको थियो । सो अवसरमा वोल्नुहुदै संस्थाकी अध्यक्ष पोखरेलले तालिमको महत्वमाथी प्रकास पार्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एंव नेपाल पत्रकार महासंघ कोशी प्रदेसका उपाध्यक्ष अधिकारीले सहभागीहरुले आफनो पढाईलाई निरन्तरता दिदै आफु भित्र रहेको ज्ञान र कलाको विकासगर्न यस्ता तालिमहरुको उपयोग गर्दे जानुपर्ने वताउनुभयो ।
सो वर्डाका वर्डा सदस्य राजवंशीले वर्डा स्तरवाट पनि यस्ता तालिम संचालनगर्न आफनो पहल रहने वताउनुभयो । संस्थाकी सचिव लक्ष्मि चौधरीले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका महासचिव गंगाप्रसाद यादव, कोषाध्यक्ष चुणा ठकुरी तथा संस्थाका सदस्य लक्ष्मि पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सहभागीहरुले कार्यक्रम संचालन गर्दै आफुले तालिममा सिकेको कुरालाई अभ्यासको रुपमा प्रस्तुत गरेको संस्थाकी अध्यक्ष पोखरेलले वताउनुभयो । संस्थाले वर्डा स्तरमा विभिन्न प्रकारको उपयोगी तालिम तथा गरिव तथा असहाय परिवारहरुलाई न्यायो कपडा समेत वितरण गर्दै आएको संस्थाका अध्यक्ष पोखरेलले वताउनुभयो ।