कुमोद अधिकारी
१४ माघ,
विराटनगर ÷ नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताउनु भएको छ ।
नोना कोइराला स्मृति प्रतिष्ठानले आज विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गर्नुभयो ।
उहाले तीनै तहको सरकारमा बसेको व्यक्तिहरुले व्यक्तिगत स्वार्थमा भन्दापनि देश र जनताको हितमा केन्द्रित भएर काम गर्नुपर्ने वताउनुभयो ।
राजनीति भनेको पेशा, व्यवसाय होइन सेवा हो,’ उहाले भन्नुभयो, ‘पैसै कमाउने हो अन्य थुप्रै विकल्पहरु छन् । तर राजनीति गर्नु भनेको समाजसेवा गर्नु हो ।’ जनप्रतिनिधिहरु लोभ र लालचमा फस्न नहुनेमा उहाले जोड दिनुभयो ।
नेता कोइरालाले सरकारले संसदलाई पर सारेर अध्यादेश ल्याउनु रामा्रे होइन भन्नुहुदै संसद बस्ने समय नजिकिँदै गर्दा हतारमा अध्यादेश ल्याउँदा आमजनतामा आशंका देखिएको वताउनुभयो ।
नोना कोइरालाको १८ औं स्मृति दिवसको अवसर आयोजित कार्यक्रममा उहाले नोना कोइरालाले आफूलाई नैतिकता र इमान्दारिताको पाठ सिकाएको बताउनाुभयो । इमान्दारिता र नैतिकता नभए राजनीति गर्ने व्यक्ति कहिल्यै पनि अगाडि बढ्न नसक्ने उनको भनाइ थियो ।
कार्यक्रमा यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको थियो । नेता डा. कोइराला र प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालालगायतले पत्रकार नेपाललाई दोसल्ला ओढाएर नगद २५ हजारसहित सम्मानपत्र प्रदान गर्नुभयो । प्रतिष्ठानले हरेक वर्ष स्मृति दिवसको अवसर पारेर सो पुरस्कार प्रदान गर्दै आएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नोना कोइराला त्याग र समर्पणको प्रतीक भएको बताउनु भएको थियो । कार्यक्रममा कांग्रेस नेता वसन्त भट्टराईले नोना कोइरालाले पार्टीमा अभिभावकको भूमिका निर्वाह गरेको बताउनुभयो ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले कोइराला निवासमा पुग्ने जोकोहीलाई नोनाले आप्mनै छोराछोरीको व्यवहार गर्ने गरेको बताउनुभयो ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले नोना कोइरालासित राजनैतिक, धार्मिक, सामाजिक व्यक्तित्वलगायतका विभिन्न विषय जोडिएको बताउनुभयो । कोइराला परिवारलाई एक्कढिक्का बनाएर राजनीतिमा अगाडि बढाउन नोनाको योगदान महत्वपूर्ण रहेको मेयर कोइरालाको भनाइ थियो ।
प्रतिष्ठानकी अध्यक्ष पूनम कोइरालाले विराटनगरको आदर्श, आदर्श बालिका विद्यालयलगायत शैक्षिक संस्थाहरुको स्थापना र विकासमा नोना आमाको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।
सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष ज्योति आचार्य, महासचिव अमित श्रीवास्तव, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक प्रा.डा. संजीवकुमार शर्मालगायतले नोना कोइरालाको योगदानको चर्चा गर्नुभयो ।