दलको राजनीतीमा प्रवेशगर्ने विषयमा सोचेको छैन, पुर्व राष्ट्रपति भण्डारी

कुमोद अधिकारी विराटनगर
१४ माघ, पुर्व राष्ट्रपति विध्यादेवी मण्डारीले,दलिय राजनीतीमा लागेर जिम्मेवारीको पद लिने भन्ने विषयमा आफुले प्रवेश नगरेको बताउनु भएको छ ।
विराटनगरमा साेमबार संचारकर्मीसंगको भेटघाट कार्यक्रममा उहाँले दलीय राजनीतिमा प्रवेश गर्ने कुरा समाज र साथीहरुको छलफलको विषय भएपनि त्यस विषयमा अफुले कुनै छलफल नगरेको र अहिले त्यो समय आइ नसकेको प्रष्ट पार्नुभयो ।
पुर्व राष्ट्रपति भण्डारले भोली राष्ट्रको आवश्यकताले खोजी गरे त्यो भोलीका विषय हो भन्नुहुदै तर अहिलेनै दलिय राजनीतिमा प्रवेश गर्ने कुरा आफुले नसोचेको बताउनुभयो ।
एक प्रश्नमा उहाँले राष्ट्रपति प्रणाली र राष्ट्रपति पद भनेको गैर राजनितिक पद होइन भन्नुहुदै तर अहिलेको अवस्थामा आफनो मुख्य जिम्मेवारी समग्र राष्ट्रको हितका लागि काम गर्नु रहेको बताउनुभयो । मुलुकको स्थाई शान्ती र मुलुकको प्रगतिका लागि आफु सदा तत्पर रहेको उहाँले बताउनुभयो ।
रोजगारीका लागि ठुलो युवा जन–शक्ति विदेशिने क्रम वढेकाले त्यस्लाई रोक्न मुलुकको कृषि, वन तथा याहाको जलश्रोतलाई सदुपयोग गर्दै स्वदेसमै रोजगारीको अवसर सृजना गरेर मुलुकलाई समवृद्धि वनाउनुपर्ने उहाले वताउनुभयो । प्रकृतिले हाम्रो देशमा धेरै अवसरहरु दिएकाले त्यसलाई सहि रुपमा सदुपयोग गर्नुपर्ने उहाको भनाई थियो ।
उहाले मुलुकको राष्ट्रिय एजेन्डा र मुलुकको हितका लागि सवै राष्ट्रिय राजनितिक दलहरुलाई आफनो सक्दो सहयोग रहने वताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *