मोरङका विकास निमार्णसंग सम्वन्धित कार्यालय प्रमुख संगको छलफल एंव समन्वय बैठक सम्पन्न

कुमोद अधिकारी ३ माघ, विराटनगर ।

मोरङ जिल्ला स्थित विकास निमार्णसंग सम्वन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु संगको छलफल एंव समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आयोजना गरेको बैठकमा जिल्लाका एक दर्जन विकास निमार्ण संग सम्वन्धित कार्यालयका प्रमुखहरुले कार्यालयको सेवाप्रवाह तथा विकास निमार्णका विषयमा समन्वय तथा छलफल भएको थियो ।
बैठकमा कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगति विवरण तथा कामगर्दा देखा परेका समस्याका विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई जानकारी गराउनु भएको थियो ।


सो अवसरमा हुलाकी सडक योजना कार्यालयका इन्जिनियर सुरेन्द्र यादवले हुलाकी सडक आयोजनाको चालु अवस्थामा रहेका ठेक्काको हालको भौतिक तथा वित्तीय प्रगतिका विषयमा जानकारी गराउनु भएको थियो । उहाँले रंगेली–विराटनगर तथा रतुवा–विराटनगर केशलिया सडक साथै गान्धी–मनमोहन मार्गमा भइरहेको निमार्ण प्रगतिको विषयमा जानकारी गराउनु भएको थियो ।
यसैगरी सुनसरी मोरङ सिचाई आयोजनाका प्रमुख मनोहरकुमार शाहले ५० वर्ष अघि निमार्ण भएका आयोजनाका संरचना जिर्ण हुने अवस्थमा पुगेकाले त्यसको तत्काल मर्मत नभए नहरबाट किसानको खेतसम्म सिचाई पु¥याउन समस्या हुने बताउनुभयो । त्यस्तै रेल विभाग साइड कार्यालयका सव–इन्जिनियर मनोज सिंहले लामो समयदेखि मुआब्जाका कारण मोरङको कटहरीमा रोकिएको रेल्वे मार्गको संरचना निमार्ण कार्य चाडै शुरु हुने बताउनुभयो ।
भारतको बथनाहा देखि कटहरी गाउपालिका सम्मको रेलमार्गको काम अन्यक्षेत्रमा अघि बढेपनि मुआव्जाका कारण अदालतमा परेको मुद्धाका कारण कटहरी गाउपालिकाको क्षेत्रमा काम रोकिएको र काम सुचारुगर्ने विषयमा अदालत वाट निर्णय भइसकेकाले अव रेलमार्गका कामले गति लिने उहाँको भनाई थियो ।
वैठकमा पुर्वाधार विकास निमार्ण कार्यालय संघिय सहरी विकास तथा भवन निमार्ण कार्यालय, नेपाल खानेपानी संस्थान,काँकडभिटा–लौकही सडक योजना कार्यालय तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालय मोरङका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफनो कार्यालयको भौतिक तथा आर्थिक प्रगतिका विषयमा जानकारी गराउनु भएको थियो ।
भर्खरै सरुवा भएर मोरङमा आउनु भएको प्रमुख जिल्ला अधिकारी यादवले जिल्लामा भइरहेको विकास निमार्ण, सेवा प्रभा तथा शान्ती सुरक्षाका विषयमा जानकारी लिन राजनितिक दल तथा स्थानिय निकायका प्रमुख साथै सरोकारवालाहरु संग निरन्तर छलफल गर्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *