कुमोद अधिकारी
२ माघ,
विराटनगर । २७ औ राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा आन्तरिक मामिलातथा कानुन मन्त्रालय कोशी प्रदेसले विराटनगरमा आज प्रदेस स्तरिय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा भुकम्प जोखिम न्युनिकरणका लागि आवश्यक पुर्व तयारी तथा भुकम्प आउदा अपनाउनुपर्ने सावधानीका विषयमा छलफल भएको थियो ।
भुकम्प जुनसुकै वेला आउन सक्ने भएकाले त्यसवाट वच्न मापदण्ड अनुसारका सुरक्षित घर तथा भवन निमार्णमा जोड, संभावित विपद्को पुर्व तयारी ,नया तथा पुराना संरचनाका भुकम्प प्रतिरोधात्मक घर निमार्ण तथा विकास निमार्ण प्रक्रियामा विपद् जोखिम न्युनिकरणका विषयलाई जोडेर लैजानुपर्ने विषयमा कार्यक्रमका सहभागीहरुले जोड दिनु भएको थियो ।
सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले, सरकार तोकेको मापदण्ड अनुसार घरतथा भवन निमार्ण अनिवार्य गराउन प्रदेस सरकारले प्रदेस भवन ऐन–२०७६ संशोधन गर्न लागेको वताउनुभयो ।
२०७६ सालमा ऐन जारी भएपनि प्रभावकारी रुपमा त्यस्को कार्यान्वयन हुन नसकेको वताउदै उहाले ऐन संशोधन भएपछि प्रदेसमा निमार्ण हुने ठुलाठुला घर, अस्पताल तथा विद्यालय निमार्णमा प्रदेस सरकारका इन्जिनियरले त्यस्को नक्सा वनाउने र अनुगमन गर्ने वताउनुभयो ।
सो मन्त्रालयका निमित्त सचिव कमलवहादुर थापाले भुकम्प जोखिम न्युनिकरणको उत्तम उपाय भुकम्प प्रतिरोधात्मक घर निमार्ण भएकाले यस वारेमा स्थानिय स्तरमा जनचेतना आवश्यक रहेको वताउनुभयो ।
कर्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्रालय कोशी प्रदेसका सचिव असोककुमार साहले राष्ट्रिय भवन संहिता कार्यान्वयन गराउन मन्त्रालयल पालिका स्तरमो विभिन्न प्रकारको तालिम प्रदान गरिरहेको वताउनुभयो ।
कार्यक्रममा विपद् कार्यकारी समितिका विज्ञ रामकुमार दाहाल तथा मन्त्रालयका इन्जिनियर अरविन्द वस्नेतले, कोशी प्रदेस भुकम्पको केन्द्र विन्दुको लागि सवैभन्दा वढि जोखिम क्षेत्र भएकाले यस विषयमा समयमै सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कोशी प्रदेसका सुरक्षा निकायका प्रमुख, मन्त्रालयका कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।