सातवुदें सहमतीमा अनुसार संविधान संसोधन आवश्यक, मन्त्री गुरुङ

कुमोद अधिकारी विराटनगर
२६ पुस,
कानुन, न्यायतथा संसदिय व्यवस्था मन्त्री धनराज गुरुङले, संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा एमाले विच भएको सातवुदें सहमती कार्यान्वयन हुनुपर्ने वताउनु भएको छ ।
नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेसको प्रथम अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्नुहुदै नेपाली कांग्रेसको उप–सभापति समेत रहनु भएका गुरुङले, सातवुदें सहमतीमा अनुसार संविधान संसोधन आवश्यक भएकाले यस विषयमा असरपर्ने गरि कसैलेपनि आफनो अभिव्यक्ति दिन नहुने वताउनुभयो ।
कांग्रेस र एमालेको सात वुदें सहमतीमा खण्डग्रास ग्रहण लगाउने प्रयास भइरहेकाले त्यस्तो अवस्था आए त्यो मुलुकका लागिनै दर्भाग्य हुने उहाले प्रष्ट पार्नुभयो । राजनितिक स्थाइत्व र मुलुकको आर्थिक विकासलागि दुई ठुला दल मिलेको उहाको भनाई थियो ।


मन्त्री गुरुङले ठुलादलहरुले एक अर्कामा आरोप प्रत्यारोप गर्दै जाने हो भने लोकतन्त्र कमजोेड हुने भएकाले दलहरुले एक आपसमा देखिएको असम्झारी हटाएर मुलुकको विकासका लागि अघि वढनुपर्नेृ जोड दिनुभयो । उहाले प्रजातन्त्र सेनानीहरु देशका जिउदो सहिदहरु भएकाले उनिहरुलाई राज्यले सम्मान गर्नुपर्ने वताउनुभयो । प्रजातन्त्र सेनानीहरुकै कारण मुलुकमा ठुलाठुला परिवर्तन भएको उहाको भनाई थियो । कार्यक्रममा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रिय अध्यक्ष, वालकृष्ण दाहाल, संघका कोशी प्रदेस अध्यक्ष मोहनलाल महत्तोले प्रजातन्त्र स्थापनाका लागि प्रजतन्त्र सेनानीहरुले पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो ।
सो अवसरमा प्रजातन्त्र सेनानीहरुलाई सम्मान समेत गरिएको थियो , दुई दिनसम्म चल्ने सो अधिवेशनमा कोशी प्रदेसका १४ वटै जिल्लाका प्रजातन्त्र सेनानीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *